पूर्वउपराष्ट्रपति एवं पूर्व जनमुक्ति सेनाका कमान्डर नन्दकिशोर पुन पासाङु माओवादी केन्द्रमा फर्किन लागेका छन् ।
पासाङलाई पार्टीको पदाधिकारीमा महत्त्वपूर्ण जिम्मेवारी दिनेगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति भएको स्रोतले बताएको छ।उनी २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि माओवादीबाट अलग भएका थिए ।२ ०७९ को निर्वाचनपछि आफ्नो दोस्रो कार्यकाल सकिएसँगै उनी निष्क्रिय रहँदै आएका थिए ।
यहीबिचमा माओवादीमा फर्किने विषयमा प्रचण्ड र पासाङबिच पटक पटक छलफल भएको र अहिले आएर समझदारी भएको माओवादी स्रोतका भनाइ छ । दुई कार्यालय राष्ट्रपति भएकी विद्यादेवी भण्डारीसमेत एमालेको राजनीतिमा फर्किन लागेको चर्चा हुँदै आएको बेला पासाङ पनि पार्टी राजनीतिमा सक्रिय हुन लागेका हुन् ।
Facebook Comments Box
