Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यूएई : सडकमा विवादपछि रस अल खैमाहमा तीन महिलाको गोली हानी हत्या, अभियुक्त पक्राउ

    २ हप्ता अगाडि

    यूएईमा प्रथम ‘बुढासुब्बा सेभेन ए साइड’ फुटबल प्रतियोगिता सम्पन्न, नखिल गोर्खा च्याम्पियन

    ३ हप्ता अगाडि

    दुबईमा श्रमिक सचेतना र सुरक्षित आप्रवासन सम्बन्धी ‘बृहत् संवाद कार्यक्रम’ हुँदै

    ३ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Sunday, May 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»विशेष»युएईका दर्शक भन्छन् ; ‘पूर्ण बहादुरको सारङ्गी’ कथावस्तु राम्रो लाग्यो
    विशेष

    युएईका दर्शक भन्छन् ; ‘पूर्ण बहादुरको सारङ्गी’ कथावस्तु राम्रो लाग्यो

    रुपेश अधिकारीBy रुपेश अधिकारी६ महिना अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    चलचित्र पुर्ण बहादुरको सारंगीले मध्यपुर्वका हलहरुमा दर्शकको राम्रो साथ पाएको छ । नोभेम्बर ७ तारिखबाट युएईमा प्रर्दशनमा आएको चलचित्र सोमबार पनि दर्शकको राम्रो उपस्थितीमा प्रदर्शन भइरहेको छ । चलचित्रलाई दर्शकहरुले पनि राम्रो प्रतिक्रिया दिएका छन् ।

    युएईमा चलचित्र हेरेर फर्किएका दर्शकले हालखबर अनलाइनसँग भने , धेरैपछि नेपालीपन बोकेको चलचित्र हेर्न पाएको जनाए । काठमाण्डौ घरभई हाल आबुधाबीमा कार्यरत ओसिन थापा मगरले भनिन् ‘आफुलाई हुर्काउन बुबाले गरेको संघर्ष सम्झिए । सन्तानका लागि बुबाले गरेको त्याग बुझन यो फिल्म हेर्नपर्ने रहेछ ’ उनले थपिन् ।

    झापा घरभई दुवईमा कार्यरत राना अधिकारी चलचित्र राम्रो लागेको प्रतिक्रिया दिन्छन् । सामाजीक विषय वस्तुमा आधारित चलचित्र भएकोले समाजको कथा प्रस्तुत गरेको उनको धारणा छ ।

    चलचित्र हेर्न युएईका हलमा उपस्थित दर्शक ।

    चलचित्रको पहिलो भाग सामान्य रहेको तर मध्यान्तरपछिको कथावस्तुमा भने भावनासँग बढी जोडिएको काठमाण्डौ घरभई युएईमा कार्यरत नरिना शाहीले बताइन् । चलचित्रको कथावस्तुले धेरै ठाँउमा मनछोएर रुवाएको जनाइन् । पुर्ण बहादुरको भुमीकामा रहेका विजय बराल र पुर्ण बहादुरको छोरा कमल गन्धर्व ( कान्छा ) को भुमीकामा रहेका बाल कलाकारको अभिनय उत्कृष्ठ रहेको उनले बताइन् ।

    चलचित्र हेरेका अधिकांश दर्शकले आप्नै कथासँग जोडिएको बताएका छन् । कतिपयले बुबासँग र कतिपयले छोरासँगको सम्बन्धमा आफ्नो कथा पाएको जनाएका छन् । कतिपयले भने चलचित्रमा आमाको कथालाई स्पष्ट नदेखाएको बताए ।
    पुर्ण बहादुरको श्रीमतीको भुमीकामा रहेकी अञ्जना बराइलीको भुमीकालाई छोटो रुपमा देखाइएको छ । धेरैले उनको कथावस्तुलाई नेदेखाउदा खल्लो भएको जनाए । धार्दिग घरभइ युएईमा कार्यरत सुस्मिता लामाले भनिन् , ‘बुबाछोराको कथावस्तु एकदमै राम्रो लाग्यो । तर मध्यान्तरपछिको कथावस्तुमा आमा छोराको विषयलाई केही नदेखाएकाले खल्लो लाग्यो । ’ यस्तै छोरो शहरपसेपछि डाक्टर हुन उसले गरेको संघर्षलाई पनि कथावस्तुमा देखाएको भने राम्रो हुने उनको प्रतिक्रिया छ ।

    समाजीक कार्यमा समेत आवद्द रहेका तथा युएईमा कार्यरत खेमराज बस्नेत भन्छन् ,‘चलचित्रले नयाँ पूस्तालाई नेपाली समाजको यर्थाथता बारे बुझ्न मद्दत गरेको छ । अहिलेको पुस्ताले हिजोको हाम्रो समाज र आजको समाजबीचको परिवर्तन थाहाँ पाउनेछन् ।’

    युएईमा चलचित्रलाई यहाँका नेपाली व्यवसायीले समेत सहयोग गरेका छन् । युएईका दर्शकले चलचित्र हेरेको टिकट लिएर आएमा राइस एण्ड स्पाइसी रेस्टुरेन्ट शारजहाले आफ्नो रेष्टुरेन्टमा १५ प्रतिशत छुट दिने जनाएको छ ।

    सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजयसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ । चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

    मध्यपुर्वमा चलचित्रले राम्रो व्यपार गरिहेको निर्मातामध्येका एक रमेश ढकालले हालखबरलाई बताए । कतारमा भने नोभेम्बर १४ बाट चलचित्र प्रर्दशनमा आउने ढकालले बताए ।

    Facebook Comments Box

    Author

    • रुपेश अधिकारी
      रुपेश अधिकारी

      झापा स्थायी घर भएका अधिकारी यूएईमा रहेर पत्रकारिता गर्दै आएका छन् । उनीसँग नेपालमा हुँदा रेडियो र विभिन्न पत्रपत्रिकामा काम गरेको अनुभव पनि छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    यूएई : सडकमा विवादपछि रस अल खैमाहमा तीन महिलाको गोली हानी हत्या, अभियुक्त पक्राउ

    २ हप्ता अगाडि

    यूएईमा प्रथम ‘बुढासुब्बा सेभेन ए साइड’ फुटबल प्रतियोगिता सम्पन्न, नखिल गोर्खा च्याम्पियन

    ३ हप्ता अगाडि

    दुबईमा श्रमिक सचेतना र सुरक्षित आप्रवासन सम्बन्धी ‘बृहत् संवाद कार्यक्रम’ हुँदै

    ३ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    १ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    १ वर्ष अगाडि

    मानव तस्करी ‘गिरोह’का नाइके कोमलराजलाई दुबइमा पक्राउ गरी नेपाल ल्याइयो

    १ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.