माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचन एक्लै लड्ने निर्णय गरेको छ ।
सोमबार बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
यद्यपि आवश्यकताअनुसार केही स्थानमा भने विपक्षी मोर्चामा रहेका केही दलसँग तालमेल भने गर्न सकिने ढोका खुलै राखिएको सचिव शर्माले बताए। त्यसैगरी आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय पनि बैठकले गरेको छ ।
स्थानीय तहको उपनिर्वाचन यही मंसिर १६ गते ४४ रिक्त पदमा हुँदैछ ।
Facebook Comments Box