राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम प्रा.डा.कृष्णप्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई अमेरिकाका लगि राजदूत नियुक्त गरेका हुन् ।
संविधानको व्यवस्था अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन् ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ती ।

Facebook Comments Box
