Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»विशेष»रास्वपा बैठकको निष्कर्ष : रवि पक्राउविरुद्ध दोस्रो चरणको ‘सशक्त’ आन्दोलन
    विशेष

    रास्वपा बैठकको निष्कर्ष : रवि पक्राउविरुद्ध दोस्रो चरणको ‘सशक्त’ आन्दोलन

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछाने पक्राउविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । दोस्रो चरणमा ‘संयुक्त सशक्त’ आन्दोलन गरिने पार्टीले जनाएको छ ।

    शनिबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको रास्वपा केन्द्रीय समितिको बैठकबाट विभिन्न तीन निर्णय गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

    “रास्वपाले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्ति विरुद्ध साथै साझा राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रही सञ्चालन गर्न गइरहेको दोस्रो चरणको संयुक्त सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आमनेपाली जनतामा हार्दिक आह्वान गर्ने,” बैठकको निर्णयमा उल्लेख छ ।
    दोस्रो चरणको आन्दोलनको मिति भने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छैन । लामिछानेविरुद्ध गरिएको कारबाहीलाई रास्वपाले राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर समेत गरेको छ । उक्त कार्यको भर्त्सना गरिएको छ ।

    “यो कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्याइ छ,” निर्णयमा भनिएको छ ।

    लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ । उनलाई यही कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।

    यस्तै, सहकारी नियमनको अवस्था यकिन गरी कार्ययोजना बनाएर पीडितको सरोकारबमोजिम बचत रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमको अगुवाइ गर्ने निर्णय गरिएको छ ।

    स्थानीय जनजीविकाका समस्या, राजनीतिक प्रतिशोध, बेथिति र संगठित भ्रष्टाचारका विरुद्ध जागृति फैलाउने अभियान सञ्चालन गर्ने निर्णय समेत गरिएको झाले जानकारी दिए ।

    रास्वपाले जारी गरेको विज्ञप्ती ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.