Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    २ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    २ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    २ महिना अगाडि
    Facebook Twitter Instagram
    Friday, June 5
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»आर्थिक»अलैँचीको मूल्य वृद्धि , प्रतिमन एक लाख रुपैयाँ नजिक
    आर्थिक

    अलैँचीको मूल्य वृद्धि , प्रतिमन एक लाख रुपैयाँ नजिक

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    कालो सुनको उपमा पाएको अलैँचीको मूल्य निरन्तर वृद्धिको क्रमसँगै प्रतिमन एक लाख रुपियाँ नजिक पुगेको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँची मूल्य मन (४० किलोग्राम) को लाख नजिक अर्थात् ९७ हजार रुपियाँ पुगेको हो ।

    स्थानीय व्यवसायी कमल बरालका अनुसार शनिवार प्रतिमन ९७ हजार रुपियाँ सम्ममा कारोबार सुरु भएको छ । व्यवसायी बरालले ठुलो दाना, धुलो र पुच्छररहित गुणस्तरीय अलैँची उक्त मूल्यमा खरिदबिक्री हुन थालेको जानकारी दिए।

    चलनचल्तीको अलैँची भने प्रतिमन ९१ हजार रुपियाँमा कारोबार भइरहेको छ । स्थानीय व्यवसायीका अनुसार शुक्रवारसम्म मनको ९० रुपियाँमा अलैँचीको कारोबार भएको थियो । प्रतिमन एक हजार र एक हजार ५०० रुपियाँले वृद्धि हुँदै आएको अलैँचीको मूल्य यस पटक एकै चोटि छ हजार रुपियाँभन्दा बढीले वृद्धि भएको व्यवसायी बताउँछन् ।

    यस वर्ष अलैँची बजारमा निस्कन थाल्दा नै मूल्य मनको ६० हजार रुपियाँभन्दा माथि रहेको थियो । अलैँची बजारमा आउन थालेपछि मूल्य निरन्तर बढ्दै गएको अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रबीर रेग्मीले जानकारी दिए । भदौको पहिलो सातादेखि बजारमा निस्कन थालेको अलैँचीको मूल्य यस पटक सामान्य भए पनि निरन्तर बढिरहेको अध्यक्ष रेग्मीले बताए।

    अलैँची ताप्लेजुङको प्रमुख नगदे बालीमा पर्दछ भने नेपालकै सबैभन्दा धेरै अलैँची उत्पादन हुने जिल्ला पनि हो । यहाँ करिब चार हजार ५०० बढी हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट करिब तीन हजार मेट्रिक टन अलैँची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ । यता अलैँचीको मूल्य निरन्तर बढ्दै जाँदा स्थानीय किसान तथा व्यवसायी उत्साहित छन् । पुर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर , इलाम , भोजपुर लगायतका क्षेत्रमा अर्लैचीको खेती गरिन्छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    २ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    २ महिना अगाडि

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    ४ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ७ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.