Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Monday, April 27
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»उर्जा/पर्यटन»दुबईको ग्लोबल भिलेजमा नेपाली स्टल राख्न राजदुत क्षेत्रीले गरे छलफल
    उर्जा/पर्यटन

    दुबईको ग्लोबल भिलेजमा नेपाली स्टल राख्न राजदुत क्षेत्रीले गरे छलफल

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    संसारकै ठूलो मानिने दुबईको ग्लोबल भिलेजमा नेपाली स्टल राख्ने बारे छलफल भएको छ । विभिन्न संस्कृतिहरू भएका ७५ भन्दा बढी देशहरूको प्रतिनिधित्व गर्ने २७ वटा प्याभिलियनहरू भएको ग्लोबल भिलेजमा नेपालको समेत सहभागीताका लागि युएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रीले छलफल गरेका हुन् ।

    राजदुत क्षेत्रीले दुबई ग्लोबल भिलेजलाई सञ्चालन गर्दै आएको दुबई होल्डिङ इण्टरटेन्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत फर्नान्डो इरोवासहित त्यसको सुरक्षा उप-प्रमुख मन्सुर सलेमसँग भेटेर ग्लोबल भिलेजमा नेपाल स्टल राख्ने र त्यसमार्फत नेपाली उत्पादन, नेपाली खाना, लोकगीत र संस्कृतिहरु पस्किनेबारे बुधबार छलफल गरेका हुन् ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत इरोवाले नेपाली दुतावास र राजदुत क्षेत्रीको प्रयासलाई स्वागत गर्दै निकट भविष्यमा ग्लोबल भिलेज, दुबई पार्क र अन्य गन्तब्यहरुमा नेपालको प्याभिलियन र स्टलहरु स्थापना गर्न थप सहयोग र समन्वयका लागि मिलेर काम गर्ने इच्छा व्यक्त गरेको नेपाली दुतावास आबुधावीले जनाएको छ ।

    भेटघाट तथा छलफलपछि नेपालप्रेससँग कुरा गर्दै राजदुत क्षेत्रीले ग्लोबल भिलेजमा नेपाल राख्न प्रयास स्वरुप सुरुवात गरिएको, त्यसका लागि अनेकन विधि प्रकृया भएकाले थप समय लाग्न सक्ने बताए। टेण्डर तथा कम्पनीका आफ्नै प्रकृया भएकाले थप छलफल र समन्वयनात्मक आवश्यकता रहेको राजदुत क्षेत्रीको भनाइ छ ।

    विश्वको सबैभन्दा ठूलो पर्यटन, मनोरञ्जन, किनमेल, व्यापार बजार प्रवर्द्धन तथा मनोरन्जन परियोजनाको रूपमा चिनिँदै आएको ग्लोबल भिलेज दुबईमा हरेक वर्ष ५ मिलियन भन्दा धेरै पाहुनाको सहभागिता हुने गर्दछ ।

    हरेक वर्ष जाडो मौसममा (अक्टोबर ( अप्रिल, मे सम्म ) सन्चालन हुँदै आएको सो मेला हरेक वर्ष ४० हजार भन्दा धेरै सांस्कृतिक र मनोरन्जनका कार्यक्रम हुने गर्छन् । सो मेलामा पुगे पछि संसारका सबै देश पुगेको महसुस हुने गरेको सहभागी दर्शकको भनाइ छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.