Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Monday, April 27
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»काठमाण्डौमा चिसो बढ्दै, २ सातामा ५ डिग्री घट्यो तापक्रम
    मेन स्टोरी

    काठमाण्डौमा चिसो बढ्दै, २ सातामा ५ डिग्री घट्यो तापक्रम

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ । मनसुन बाहिरिएसँगै चिसो बढ्न थालेको छ । मनसुन सकिएर ‘पोस्ट मनसुन’ को समय चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा पछिल्लो एकसातामा लगातार चिसो बढिरहेको हो । कतिपय ठाउँमा पश्चिमी र स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ ।

    आकाश खुला भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो बढ्दै गएको छ ।

    असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियसको हाराहारी मापन गरिएकोमा त्यसको २ हप्तामा न्यूनतम तापक्रम १५डिग्रीको हाराहारी रहेको छ ।

    महाशाखाका अनुसार आइतबार काठमाडौँको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्रिसेल्सिय पुगेको थियो भने सोमबार १६ डिग्रिसेल्सियस थियो । मौसमविद् अधिकारीका अनुसार दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको हो । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    आज (म‌‌ङ्गलबार) दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडका एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ । राति पनि कोशी प्रदेशका पहाडका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.