संघिय लिम्बुबान सामाजीक मञ्च यूएईको केन्द्रिय कार्यसमितिको प्रथम वार्षिक उत्सव एक कार्यक्रममाबीच सम्पन्न भएको छ ।
दुवईस्थित क्रिक र्पाकमा भएको कार्यक्रममा मञ्चले वर्षभरी गरेको आर्थिक, राजनीतिक तथा विभिन्न गतिविधी सहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो । संगठनको आर्थिक प्रतिवेदन अर्थसचिव मनिसा खाम्दाक ईङ्गाशाले गरेकी थिइन् । यस्तै संगठनको राजनैतिक र सांगठानीक कार्य, सामाजिक तथा सहयोग लगायतका विषय समेटिएको वार्षिक प्रतिवेदन महासचिव भुमी इधिङ्गो लिम्बूले गरेका थिए ।
मंञ्चका अध्यक्ष भिम प्रसाद अधिकारीले आगामी वर्षका लागि विभिन्न कार्ययोजना सहित संगठनलाई यहाँ रहेका अन्य सामाजीक संस्था विभिन्न राजनीतिक दल लगायतसँगको सम्बन्धलाई मजबुत बनाउदै संगठनलाई वैचारीक र अन्य गतिविधिमा सकृय बनाउने सहितको योजना प्रस्तुत गरे ।
वनभोज सहित आयोजना गरिएको कार्यक्रममा संगठनबाट विभिन्न क्षेत्रमा सहयोग गर्ने केन्द्रिय सदस्यहरुलाई सम्मान समेत गरिएको थियो। सम्मानीत हुनेहरुमा केन्द्रिय सदस्य निर्मला मेन्याङ्बो नुमाफ़ुङ, सन्जा लिम्बू ,हिरा बिश्वकर्मा नुमा ,सुवासचन्द्र श्रेष्ठ र निर्मला मेन्याङ्बो नुमाफ़ुङ रहेका छन् ।

संघीय लिम्बुवान सामाजिक मञ्च युएईका अध्यक्ष भिम अधिकारीको सभापतित्व तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिक्रम पंधाक मिसामले प्रमुख अतिथित्यता जनाएका थिए ।
कार्यक्रमका बीच सिक्कुम तुम्बापोलाई केन्द्रिय सदस्यमा नियुक्त समेत गरिएको मञ्चका प्रवक्ता लोकेन्द्र सम्बाहाम्फे मिशेकले जानकारी दिए ।


