Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»बीपी राजमार्गमा ठूला गाडी चलाउन रोक, साना गाडी चलाउँदा सावधानी अपनाउन आग्रह
    मेन स्टोरी

    बीपी राजमार्गमा ठूला गाडी चलाउन रोक, साना गाडी चलाउँदा सावधानी अपनाउन आग्रह

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ – अवरुद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालनका लागि पहिरो पन्छाउने र साघुँरो सडक फराकिलो बनाउने काम भइरहेको छ । अहिले पनि ठूला मेसिनको प्रयोगबाट अवरुद्ध सडकमा काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिनु भयो ।

    उहाँले सुक्खा पहिरोले अवरुद्ध बीपी राजमार्ग अन्तर्गत काभ्रेको पिप्ले खण्डमा अहिले पनि दुई पाङ्ग्रे तथा साना गाडीलाई मात्रै आलोपालो गरेर चल्न दिइएको बताउनु भयो । कच्ची बाटो भएकाले सकभर फोर ह्वीलर गाडी मात्रै चलाउन प्रहरीको आग्रह छ । दुईतर्फी सडक खुलाउने प्रयास भइरहे पनि अझै केही समय लाग्ने उहाँको भनाइ छ ।

    त्यस्तै अझै पनि सडकको अवस्था कमजोर रहेकाले ठूला गाडी चलाउन रोक लगाइएको छ । दुई पाङ्ग्रे तथा साना गाडीबाट यात्रा गर्नुपरेमा सावधानीपूर्वक यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाण्डौ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो ।

    बीपी राजमार्गको विकल्पमा हेटौँडाबाट काठमाण्डौ आउने गाडीका कारण हेटौँडा–काठमाण्डौ छोटा सडकमा गाडीको चाप छ । कान्ति लोकपथको ललितपुरको बगुवामा बाग्मतीले पुल नै बगाएपछि बनाएको अस्थायी डाइभर्सन एकतर्फी हुँदा लामोे जाम हुनेगरेको छ । फर्पिङ–कुलेखानी सडक पनि धेरै ठाउँमा एकतर्फी छ । त्रिभुवन राजपथ हुँदै नौबिसे निस्किएर काठमाण्डौ आउने सडक भने ठिकठाक रहेको छ ।

    यस्तै, काठमाण्डौ–नौबिसे मुग्लिन सडक ठाउँ ठाउँमा पहिरोले बिग्रिएकाले कतै जाम र कतै कष्टकर यात्रा रहेको छ । पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक धुलाम्मे र खाल्डाखुल्डी हुँदा यात्रुले दुख पाइरहेका छन् भने गाडी बिग्रने समस्या पनि बढेको छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.