Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»दुतावासको राहदानी नवीकरण तथा स्वास्थ्य शिवरिबाट १ सय जना महिला लाभान्वित
    मध्यपूर्व गतिविधि

    दुतावासको राहदानी नवीकरण तथा स्वास्थ्य शिवरिबाट १ सय जना महिला लाभान्वित

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली दुतावास आबुधाबीले संचालन गरेको राहदानी नवीकरण तथा स्वास्थ्य शिवरिबाट १ सय जना महिलाले लाभ लिएका छन् । सार्वजनीक विदाको दिन समेत सेवा प्रवाह गर्ने उद्देश्यले दुतावासले आइतबार महिलाका लागि मात्र सेवा दिएको थियो ।
    दुतावास परिसरमा भएको शिविरमा युएईका विभिन्न राज्यबाट आएका महिलाले राहदानी नवीकरणसँगै आफ्नो स्वास्थ्य जाँच गराएको दुतावासका दृतिय सचीव भुपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । कार्यक्रममा उपस्थित सय जना भन्दाबढी महिलाले स्वास्थ्य जाँचसँगै वित्तिय साक्षरताको प्रशिक्षण लिएका थिए । बित्तिय साक्षरताको सहजीकरण दुतावासका उपनियोग प्रमुख रञ्जिता दाहाल र श्रमका विषयमा श्रम काउन्सुलर दिनबन्धु सुबेदीले गरेका थिए ।


    उपस्थित महिलाहरुको डा .प्राची भट्टराई र डा .विकाश यादवको टोलीले स्वास्थ्य प्ररिक्षण गरेका थिए। स्वास्थ्य परिक्षणका लागि आबुधाबीस्थित लाइफ लाइन अस्पतालले प्राविधिक सहयोग उपल्बध गराएको थियो । राहदानी हराएका , बिग्रिएका, म्याद सकिएका तथा नवीकरण गर्न बाँकी रहेकाहरुलाई प्राथमिकतामा राखी आइतबार सेवा प्रवाह गरिएको दुतावासले जनाएको छ । दुतावासका तर्फबाट राजदुत तेजबहादुर क्षेत्रीको उपस्थितिमा उपनियोग प्रमुख रञ्जिता दाहाल श्रम काउन्सुलर दिनबन्धु सुबेदी, दृतिय सचिव भुपेन्द्रप्रसाद घिमिरे, पिआरो इरफान आलम र स्थानीय कर्मचारी लगायतले राहदानी नवीकरणको सेवामा सहजीकरण गरेका थिए ।

    राहादानी नवीकरणका लागि दुतावासमा आउने सेवाग्राहीको चापलाई न्युनीकरण गर्न अघिल्लो सातापनि दुतावासले अतिरिक्त सेवा संचालन गरेको थियो । उक्त सेवाबाट २ सय ४० जना नेपालीले राहदानी नविकरण गरेको र नेपाल फर्कन चाहाने एकजनालाई यात्रा अनुमति पत्र प्रदान गरिएको दुतावासले जनाएको छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.