Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»युएईमा दिदीको शङ्कास्पद मृत्युमा फसेका थानेश्वरको चित्कार- ‘लास होइन सास लिएर देश’ फर्किन चाहन्छु
    मेन स्टोरी

    युएईमा दिदीको शङ्कास्पद मृत्युमा फसेका थानेश्वरको चित्कार- ‘लास होइन सास लिएर देश’ फर्किन चाहन्छु

    हालखबर अनलाइनBy हालखबर अनलाइन, उमाकान्त पाण्डे२ वर्ष अगाडि6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दुबई । संयुक्त अरब इमिरेट्स (युएई) को अजमानमा ज्यान गुमाएकी राधिका घिमिरेको मृत्यु प्रकरण अहिलेसम्म टुङ्गिन सकेको छैन । रोजगारीका लागि युएई आएकी पाणिनी ५ मैदान अर्घाखाँचीकी राधिका घिमिरेको ६ महिना पहिले अजमानको चाईनामल नजिकैको भुईँमा छेदबिच्छेद अवस्थामा भेटिएको थियो ।

    राधिकाको मृत्युलाई उनको परिवारले रहस्यमय भन्दै उनका श्रीमान् टीकापुर-७ कैलालीका नेत्रप्रसाद न्यौपाने उपर राष्ट्रिय महिला आयोग मार्फत किटानी जाहेरी दिएका थिए । मृतक राधिकाको परिवारले महिला आयोगको जिल्ला इकाई अर्घाखाँची र कपिलवस्तु मार्फत जाहेरी बुझाएका थिए । यद्यपि मृतक राधिकाका श्रीमान् नेत्रप्रसाद अहिलेसम्म सम्पर्क विहीन छन् ।

    सोही मृत्युको प्रकरणमा जोडिएका राधिकाका छिमेकी भाइ थानेश्वर घिमिरे भने हालसम्म युएईको खुल्ला आकाश मुनी कैदी सरह जीवन बिताइरहेका छन् । थानेश्वरले अनाहकमा आफू फसेका कारण नेपाल फर्काउन हारगुहार गरिरहेका छन् ।

    दिदी राधिकाको मृत्‍यु हुनुअघि दिदी भिनाजुले काम लगाइदिने भन्दै ६ महिना पहिले थानेश्वरलाई युएई बोलाएका थिए । गएको चैत अन्तिम साता दुबई आएका थानेश्वर अहिले ‘न त नेपाल फर्किन पाएका छन् , न त कहीँ काम गर्न नै पाएका छन् ।’ दिदी राधिका र भिनाजु नेत्रप्रशादले थानेश्वरलाई युएई बोलाएर अजमानमा आफूहरूसँग राखेका थिए । युएई आएको ५ औ दिन उनीमाथि बज्रपात पर्‍यो ।

    भिनाजु नेत्रप्रसादले मदिरा ल्याएर दिदी र आफू सँगै बसेर पिउन भनेपछि थानेश्वरले पनि चियर्स गरे । खुसीका साथ रक्सी पिउन सुरु गरेका दिदी-भिनाजुबीच झगडा भयो । दिदी भिनाजुको झगडा नीकै बेर चलिरह्यौ । धेरै बेर झगडा हुँदा थानेश्वरलाई राम्रो लागेन र उनी उठेर शौचालय छिरे । शौचालयबाट आउँदा उनले दिदी राधिकालाई कोठामा देखेनन् । भिनाजु नेत्रप्रसादलाई दिदीबारे सोधे । नेत्रप्रशादले दिदी राधिकाले झ्यालबाट हाम फालेर आत्महत्या गरेको भन्दै घर मुनी बाटोमा शव देखाए । थानेश्वर चिच्याउँदै दिदी राधिकालाई हेर्न बिल्डिङ मुनी पुगे र दिदी राधिकालाई नियाले ।

    दिदीको भरोसामा युएई आएका थानेश्वरको न समाउने हाँगो न टेक्ने डालो, थानेश्वर डराए । अरबको ठाउँ, ५ दिन अघि मात्रै युएई आएका थानेश्वरले के गर्ने के नगर्ने केही सोच्न सकेनन् । एउटै फ्ल्याटमा बस्ने छिमेकी तथा बिल्डिङ वरपरका मान्छेले प्रशासनलाई जानकारी गराए । प्रहरी र एम्बुलेन्स आइपुग्यो। त्यतिन्जेल राधिकाका श्रीमान् नेत्रप्रसाद त्यहाँबाट फरार भईसकेका थिए ।

    भाइ थानेश्वर पनि डराएर आफ्नो सानो झोला र पासपोर्ट लिएर ट्याक्सी चढेर सारजाह विमानस्थल नजिकै होटलमा गएर त्यो रात बिताए । दिदी भिनाजुसँगै बसेर मदिरा पिएका थानेश्वरलाई बिस्तारै मदिराले पनि छोड्यौ र आफ्नो दिदीमाथि अन्याय भएको सम्झेर आफैँ नजिकैको प्रहरी चौकी पुगेर घटनाबारे बताए । घटनाको आंशिक जानकारी भएका भाइ थानेश्वरलाई लाग्यो भिनाजु नेत्रप्रशादलाई प्रहरीले समातेको होला । तर प्रहरीले नेत्रप्रसाद फरार भएको र आफ्नो अनुसन्धान गरिने बारे बताएको थानेश्वरलाई स्मरणमा छ ।

    ४ दिन प्रहरी हिरासतमा राखेर थानेश्वरलाई अजमानको अल जुर्फ पुलिश स्टेसनले रिहा गरिदियो । परदेशको ठाउँ, समुन्द्र पारी जसको भरोसामा आएको दिदी नहुँदा थानेश्वरलाई युएई बस्न मन लागेन । ज्यान गुमाएकी दिदीको शव लिएर नेपाल फर्किने आँट पनि आएन । जेनतेन नेपाल पुग्न सके घटनाबारे परिवारलाई भन्थे र दोषी रहेछ भने भिनाजु नेत्रप्रसादलाई सजाय दिलाउला भन्ने सोचेर भिजिट भिसा नसकिँदै नेपाल जान टिकट काटेर विमानस्थल पुगेका थानेश्वरलाई उडान गर्न दिइएन । दुबईको अध्यागमनले उनलाई यात्रा अनुमति नभएको (ट्राभल ब्याण्ड) भएको भन्दै अध्यागमनमा रोक्यौ । निराश हुँदै थानेश्वर बर दुबई फर्किए ।

    ‘गरिखान मेडिकल फेल, घरदेश फर्किन बन्देज’

    अर्काको देश । नेपाल हिँडेका थानेश्वरफर्किन नपाएपछि आँखाभरि आँशु बोकेर आफन्त साथीभाइको शरणमा पुगे । राधिकाको आफन्तजनले दिदीको हत्यारा जसरी आफूलाई वचन लगाएको सम्झिँदा उनी अहिले पनि भक्कानो छोड्छन् । दिदीको हत्या अभियोगमा साक्षी भएकै कारण आफू परिबन्दमा परेको उनको बुझाई छ । थानेश्वर नेपाल फर्किन नपाएपछि दुबईमा काम खोजेर बस्ने भन्दै भिसा लगाउन खोजे । पेपर भिसा पनि लाग्यौ । विडम्बना इमिरेट्स आइडी कार्ड बनाउन स्वास्थ्य परीक्षण गर्न जाँदा ‘मेडिकल फेल’ भए । न जसले बोलाएको उही दिदी रह्यो, न घरदेश फर्किन खोज्दा पाए, काम गरेर खान्छु र परिवार पाल्छु भन्ने थानेश्वरको सपना भताभुङ्ग भयो ।

    अग्लो कदको मोटो शरीर लिएर दुबई छिरेका थानेश्वरको अहिले १९ किलो तौल घटेको छ । आँखा ओभानो नहुँदा सुन्निएका छन् । आँखी भौँ क्रमश: पातलिँदै गएका छन् । ओठ र जिब्रोमा घाउ भएको छ । रुँदा रुँदै आँखा राता भएका छन् । अदालत धाउन कैयौँ पटक अजमान पुगेका उनी बाटोमै धेरै पटक ढलेका छन् । आफू सानै छदा स्वर्गीय भएका बुवाको श्राद्ध गर्न एकछाकी बसेका उनी बेहोस भएर दुबईमै ढले, छिमेकीहरूले थाहा पाएर उनलाई उठाए ।

    ६ महिनाको काखे छोरी छोडेर दुबई आएका थानेश्वर जेनतेन त्यही छोरीको तोते बोली सुन्न नेपाल जान चाहन्छन् । त्यही चाहानालाई मनोबल बनाएर उनी अहिले सम्म बाचिरहेका छन् ।

    ऋण काढेर विदेश उडेका श्रीमानले कमाउलान् र घर जोहो गरौला भनेकी थानेश्वरकी श्रीमती गीता कोखिलामा छोरी च्यापेर चाडबाड आउँदा परदेशीएका श्रीमानको बाटो कुरिरहेकी छन् । अर्घाखाँचीमा रहेकी आमाले नाक कानमा लगाएका पुराना गहना बेचेर पठाएको केही रकमले थानेश्वरले सुरुका केही महिना दुबईमा बिताए । तर अब भने नेपालमा घर रित्तो छ यता उनको चिन्ता थपिँदो छ ।

    कानुनी सहयोग गरिदिन दूतावास तथा संघसस्थामा अपिल

    थानेश्वरलाई अहिले दुबईमा कानुनी समस्या परेको छ । दिदीको हत्या हो वा मृत्यु आफूले भन्न सक्ने अवस्थामा उनी छैनन् । सँगै भए पनि उनले घटना के भएको आफ्ना आँखाले नदेखेको बताए । त्यही बयान उनले हिरासतमा प्रहरीलाई समेत दिएका हुन । आफूले नदेखेको कुरा झुट बोल्न हुँदैन, राधिकामाथि अन्याय भएको अनुसन्धानले पुष्टि गरे आफूलाई जुनसुकै सजाय दिए पनि सहने बताउँदै आएका उनले आफ्नो काखे छोरीको अनुहार हेर्न भए पनि नेपाल फर्किन चाहेको बताएका छन् । बर दुबईमा रहेकी अर्घाखाँचीकी एक जनाले आफ्नो कोठामा विस्तारा दिएर उनी बसिरहेका छन् । त्यहाँ भाडा र खानाको तिर्न समेत पैसा छैन ।

    कानूनी परिबन्दमा फसेका थानेश्वरलाई हालसम्म कसैले सहयोग गरेका छैनन् । बल्कोट अर्घाखाँची सम्पर्क समाज युएईले एनआरएन र नेपाली समाजलाई घटना बारे जानकारी गराउँदै कानुनी प्रतिरक्षाका लागी नेपाली दूतावास आबुधावीलाई गुहारेको छ । यद्यपि ६ महिना बितिसक्दा पनि थानेश्वरले राहत पाउन सकेका छैनन् । अजमानका पुराना व्यवसायी तथा समाजसेवी वेदप्रकाश पोखरेलले व्यक्तिगत रूपमा कैयौँ पटक अदालत, प्रहरी प्रशासन तथा अनुसन्धान ब्युरोसम्म पुगेर थानेश्वरको उद्धारका लागि अनुनय गरिरहेको बताए । यद्यपि संघसस्थाको स्तरभन्दा माथिल्लो तहबाट नेपाली दूतावास आफैँले कूटनीतिक रूपमा पहल गरे मात्रै थानेश्वर नेपाल फर्किन सक्ने पोखरेलको निष्कर्ष छ ।

    लामो समय थानेश्वरको मुद्दा हेर्दै आएका पोखरेलका अनुसार प्रहरीको मुचुल्कामा थानेश्वरसहितको नाम अदालतमा बुझाएको तर पर्याप्त प्रमाण नभएकाले अदालत बाट मुद्दा पुनः प्रहरी चौकीमा फिर्ता भएको देखिन्छ । त्यसैले समयमै दूतावासले पहल गरे थानेश्वर नेपाल फर्किन सक्ने देखिन्छ । समस्यामा परेका थानेश्वरले आफ्नो सास सहितको शरीर नेपाल पठाइ सहयोग गरिदिन सम्बन्धित संघसस्था तथा युएईमा रहेको नेपाली दूतावास समक्ष अपिल गरेका छन् ।

    Facebook Comments Box

    Authors

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.