Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएई»युएईस्थित नेपाली दुतावासमा राहदानी बनाउनेको चाप बढ्दो ,डिसेम्बर दोस्रो साताका लागि २१ सय फारम खुल्ला
    यूएई

    युएईस्थित नेपाली दुतावासमा राहदानी बनाउनेको चाप बढ्दो ,डिसेम्बर दोस्रो साताका लागि २१ सय फारम खुल्ला

    रुपेश अधिकारीBy रुपेश अधिकारी२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधाबी। युएईस्थित नेपाली दुतावास मार्फत राहदानी नवीकरण गर्नेको चाप बढ्दो छ । १० वर्षे राहदानीको म्यादअवधी सकिएसँगै नयाँ राहदानी बनाउन आउने सेवाग्राहीको संख्या बढ्न थालेको हो । सेवाग्राहीको बढ्दो चापलाई र समस्यालाई न्युनीकरण गर्न दुतावासले शनिवार अतिरिक्त सेवा संचालन गरेको छ ।

    दुतावासले संचालन गरेको एकदिने विशेष सेवामार्फत २ सय ४० जना नेपालीले राहदानी नविकरण गरेका छन् । नेपाल फर्कन चाहाने एकजनालाई यात्रा अनुमति पत्र प्रदान गरिएको दुतावासले जनाएको छ ।

    २०२४ डिसेम्बरभित्रमा राहदानी र भिसाको म्याद सकिएकाहरुलाई विषेश प्राथमिकता दिइ दुतावासले विदाको दिन शनिबार विषेश सेवा दिएको हो । अनलाइन फारमभर्दा तोकिएको मिती अघि नै राहदानी र भिसाको म्याद सकिएकाहरुलाई प्राथमिक्ता दिइ शनिवारपनि सेवा संचालन गरिएको दुतावासका दृतीय सचिव भुपेन्द्र प्रसाद घिमिरेले हालखबरलाई बताए ।
    हाल दुतावासले हरेक दिन २ सयका दरले हप्तामा १ हजार अनलाइन फारम खुल्ला गर्ने गरेको र सोही अनुसार सेवा दिदै आएको थियो । तर आगामी डिसेम्बरको ९ देखी १३ तारिखका लागि २१ सय फारम खुल्ला गरिएको दुतावासले जनाएको छ । सेवाग्राहीको बढ्दो चापलाई ध्यान दिदै दैनीक संख्यामा बृद्दि गरिएको दृतीय सचिव घिमिरेले बताए । अतिरिक्त सेवामा दुतावासको तर्फबाट उपनियोग प्रमुख रन्जिता दाहाल , दृतीय सचिव भुपेन्द्र प्रसाद घिमिरे स्थानीय कर्मचारी दस्तुर सिंह लगायतले सेवाप्रवाह गरेका थिए ।

    साथै युएईमा रहेका गैर आवासीय नेपाली संघ,नेपाली समाज लगायतका विभन्न संघसंस्थासँग समन्वय र सहकार्य गदै आगामी दिनमा नेपाली नागरिकका समस्या हल गर्ने र राहदानी सम्बन्धि घुम्तीसेवा तथा विषेश काउन्टर मार्फत सेवा दिदै जाने दुतावासले जनाएको छ ।यसअघि पनि दुतावासले गैर आवासीय नेपालीसंघ तथा नेपाली संघसंस्थासंगको समन्वयमा फुजेरा,रसअलखेमा लगायतका राज्यमा घुम्तिसेवा संचालन गरेको थियो।

    युएईको सातराज्यमा रहेका नेपालीले अनलाइन फारममार्फत अपोइन्टमेन्ट लिने र अपोइन्टमेन्टमा तोकिएको मितीमा दुतावास आएर राहदानी बनाउने गरेका छन् । युएई सरकारले ल्याएको आममाफी कार्यक्रमका कारण पनि अहिले केहीमात्रामा सेवाग्राहीको चाप बढेको हो ।

    आममाफी प्रकृयामा सहभागी हुनका लागि आबुधाबीमा रहेको दुतावास आउन पायक नपर्नेहरुले दुवईमा स्थापना गरिएको नेपाल हेल्प डेक्स मार्फत सेवा लिन सक्ने दुतावासले जनाएको छ ।

    Facebook Comments Box

    Author

    • रुपेश अधिकारी
      रुपेश अधिकारी

      झापा स्थायी घर भएका अधिकारी यूएईमा रहेर पत्रकारिता गर्दै आएका छन् । उनीसँग नेपालमा हुँदा रेडियो र विभिन्न पत्रपत्रिकामा काम गरेको अनुभव पनि छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.