Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»आबुधावीमा मिनी नेपाल : नेपाल घुम्न जाने बिदेशि पाहुनाहरुको प्रतिबद्दता
    मध्यपूर्व गतिविधि

    आबुधावीमा मिनी नेपाल : नेपाल घुम्न जाने बिदेशि पाहुनाहरुको प्रतिबद्दता

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे, रुपेश अधिकारी२ वर्ष अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधावी । युएईस्थित नेपाली दुतावासले एक कार्यक्रमका बीच नवौ राष्टिय तथा सविंधान दिवश मनाएको छ । सोमबार आबुधाबीमा रहेको सेराटन होटलमा युएई सरकार, यहाँ रहेका विभिन्न देशका दुतावासका कुटनीतिक नियोगका प्रतिनीधी तथा नेपाली समुदायहरुको उपस्थितीमा दिवश मनाएको हो । कार्यक्रममा युएई सरकारको विदेश मन्त्रालयको तर्फबाट विदेश राज्यमन्त्री नुरा बीन्त मोहम्मद अल कावीले सहभागीता जनाएकी थिइन् । युएईले नेपाललाई प्राथमिक्तामा राखेको र मन्त्री स्तरीय उपस्थितीले नेपाल र युएईबीचको सम्बन्ध अझ प्रगाढ बनेको नेपालका लागि युएईका राजदुत तेजबहादुर क्षेत्रीले बताए ।

    नेपालले आयोजना गरेको कार्यक्रममा युएई सरकारको तर्फबाट यो पहिलो उच्च स्तरीय सहभागीता हो । मन्त्री कावीले भविष्यमा नेपाल भमण गर्ने इच्छा समेत जनाएको राजदुत क्षेत्रीले उल्लेख गरे । कार्यक्रममा १ सय ३० भन्दा बढी देशका कुटनीतिज्ञहरुले सहभागीता जनाएको दुतावासले जनाएको छ ।

    कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गदै राजदुत क्षेत्रीले नेपालले संविधानसभाबाट प्राप्त गरेको उपल्बधी ,संविधानमा उल्लेख गरिएको अधिकार , र नेपालको पर्यटन लगायतको विषयमा चर्चा गरेका थिए । साथै सहभागी विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न समेत निमन्त्रण गरे । कतिपय डिप्लोम्याटले भ्रमण गरेको र कतिपयले भविष्यमा गर्ने प्रतिवद्दता जनाएका थिए ।

    साथै विदेशी पाहुनाहरुका बीच नेपाली कलासंस्कृति झल्कने नृत्य तथा वाद्ययवादन प्रस्तुत गरिएको थियो । जसलाई उनीहरुले मिनी नेपाल देख्न पाएको प्रतिक्रिया दिएका थिए । सहभागी नेपालीसँग कुरागदै युएईका लागि जोर्ज अर्जेन्टिनी राजदुत अगष्स्टिन मोलीना अराम्बरीले नेपालको कलासंस्कृतिको प्रशंसा गरेका थिए । उनले नेपाल भ्रमणका बेला आफुले होली पर्वमा सहभागी हुने मौका पाएको स्मरण गरे ।

    कार्यक्रम स्थलमा राखिएको एभरेष्ट म:म अजमानको स्वाद लिदै विदेशी पाहुनाले नेपाली परिकारको समेत चर्चा गरे । कार्यक्रमस्थल प्रवेशद्वारमा नेपालमा उत्पादन भएका सामानहरु,सिस्नु र अल्लो बाट बनेका कपडाहरु, तामा , पित्तलका भाडाहरु, गाजाबाट बनेका झोलाहरु, नेपाली चियापत्ती र लप्सीको तिलौरा प्रदर्शनमा राखिएको थियो । जसलाई आबुधावीको इलेक्ट्रा हमीद सेन्टरमा रहेको ग्रीन ग्लो गिफ्टले सौजन्य गरेको सन्चालिका सविता बस्नेतले बताइन । कार्यक्रममा सहभागी धेरै बिदेशी पाहुनाले नेपालका सामाग्रीबारे चासोपुर्वक सोधीखोजी गरेको सन्चालिका बस्नेतको भनाइ छ ।

    कार्यक्रममा गैर आवासीय नेपाली संघ, नेपाली समाज , विभिन्न जिल्लागत समाज, राजनीतिक दलका प्रतिनिधी तथा विभिन्न पेशा व्यवसायमा आवद्द नेपालीको सहभागीता थियो । कार्यक्रमको संचालन दुतावासकी उपनियोग प्रमुख रन्जिता दाहालले गरेकी थिएन् ।

    कार्यक्रममा एयर अरबियाको सौजन्यमा विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न आग्रहसहित लक्की ड्र मार्फत उपहार प्रदान गरिएको थियो । विदेशी अतिथिहरुलाई मात्र समावेश गरिएको सो चिट्ठामा अस्ट्रेलिया, पाकिस्तान, बाङ्लादेश र अजरबैजानका कूटनीतिज्ञहरुलाई दुईतर्फी हवाई टिकट प्रदान गरिएको थियो ।

    विदेशी पाहुनाहरुका बीच नेपाली कला-संस्कृति झल्कने नृत्य तथा वाद्यवादन प्रस्तुत गरिएको थियो । दुबईमा सकृय कलाकार कुशल बुचा र लक्षमण देवालीको समुहमा सहभागी कलाकारको न्रित्य लोभलाग्दो थियो । कास्कीको पोखराका नीलबहादुर गुरुङले बजाएको बाँसुरीको धुनलाई मात्रै होइन विदेशी पाहुनाहरुले आबुधावीमा सकृय संगीतकार दिपराज नेम्ह्याङले बजाएको हार्मोनीयम, शिशिर थापाले बजाएको मादलको धुनलाई चासोपूर्वक श्रवण गरे ।

    Facebook Comments Box

    Authors

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    • रुपेश अधिकारी
      रुपेश अधिकारी

      झापा स्थायी घर भएका अधिकारी यूएईमा रहेर पत्रकारिता गर्दै आएका छन् । उनीसँग नेपालमा हुँदा रेडियो र विभिन्न पत्रपत्रिकामा काम गरेको अनुभव पनि छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.