दुबई । प्रभु बैकले सम्युत्त अरब इमिरेट्स युएईको दुबईमा अन्तर्कृया गरेको छ । दुबईमा रहेका नेपाली संघसस्था, व्यवसायी, राजनीतिक दलका बिदेश स्थित संगठन , तथा आम नेपाली समुदायको प्रतिनिधित्व गर्ने अगुवाहरु बीचमा प्रतिनिधिमुलक अन्तर्कृया गरेको हो ।

बैंकका ग्लोबल मार्केट हेड सुजेन शाक्य, तथा रेमिट्यान्स प्रमुख मधुसुदन न्यौपानेको उपस्थितिमा दुबईमा अन्तर्कृया गरिएको हो ।
कार्यक्रममा प्रभु बैंकले बैदेशिक रोजगारमा रहेका नेपालीको रेमिट्यान्स सम्बन्धमा गरेका काम तथा बढ्दो बैदेशिक रोजगारी सँगै रेमिट्यान्स, बिदेशमा ब्यापार, रेमिट्यान्स खाता, एनआरएन खाता, बैदेशिक रोजगारिमा आउनेको लागि लोन (ऋण) प्रवाह सम्बन्धी, बित्तिय नियम, बित्तिय अनुशासन सम्बन्धमा छलफल गरेको हो ।
उपस्थित धेरैले बैधानिक रुपमा रेमिट गरेर नेपाल पैसा पठाउदा बिदेशमा कार्यरत नेपालीले पाउनु पर्ने सेवा सुविधामा जोड दिन अनुरोध गरेका थिए । पाकिस्तान तथा बाङ्लादेशका राष्ट्रिय बैंकहरुले रेमिट पठाउने बिदेशमा रहेका आफ्ना नागरिकलाई अतिरिक्त पैसा थपिदिएर वा श्रम तथा अन्य बिषयमा सहुलियत दिएर आकर्षण गर्ने गरेको बारे बोल्दै त्यस्तै सेवा सुविधा नेपालका बैंकहरुले किन नदिएको भन्दै धेरैले चासो देखाएका थिए ।

झन्डै दुई घण्टा चलेको सवाल जबाफमा बैंकका ग्लोबल मार्केट हेड शाक्य तथा रेमिट्यान्स प्रमुख न्यौपानेले सम्बोधन गर्नुभएको थियो ।
दुबईको सिल्भर स्पुन नेपाली रेस्टुरेन्टमा भएको कार्यक्रमको स्थानीय सम्योजन बैंकका युएई प्रमुख प्रकाश पौडेलले सम्योजन गर्नुभएको थियो । कार्यक्रममा एनआरएन युएईका अध्यक्ष बिकास शाही, नेपाली समाजका पार्सद अध्यक्ष राम मोक्तान, पत्रकार महासंघ युएई शाखा अध्यक्ष मेघ्राज सापकोटा, जनसंपर्क समितिका शभापती भुवानी प्रसाद तिमील्सिना , जन प्रगतिशिल मन्च एसिया प्यासिफिकका बाबुराम विश्वकर्मा, व्यवसायी तथा एनआरएन अभियान्ता ठाकुर प्रसाद ढुङ्गाना, नेत्र शर्मा, एचएसबीसी बैंक युएईका लीगल हेड राजकुमार न्यौपाने, लगायत दुईदर्जन धेरै सामाजिक अगुवाहरुको उपस्थिती थियो ।
