Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Monday, April 27
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»राजनीति»आठ देशका लागि राजदूत सिफारिश , अधिकारकर्मी प्याकुरेलद्वारा राजदूत पद अस्वीकार
    राजनीति

    आठ देशका लागि राजदूत सिफारिश , अधिकारकर्मी प्याकुरेलद्वारा राजदूत पद अस्वीकार

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौँ । सरकारले आठ देशका लागि राजदूत नियुक्त गर्न सिफारिश गरेको छ।

    मन्त्रिपरिषद्को बैठकले आठ देशका लागि राजदूत नियुक्ति गर्न सिफारिश गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए। मन्त्री गिरीका अनुसार भारतका लागि लोकदर्शन रेग्मी र अमेरिकाका लागि चन्द्र घिमिरेलाई राजदूतमा सिफारिश गरिएको छ।

    त्यस्तै, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, बेलायतका लागि डा. विजन पन्त, स्पेनका लागि पुष्पराज राजकर्णिकार, मलेशियाका लागि नेत्रप्रसाद तिमल्सेना र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई राजदूतमा सिफारिश गरिएको छ।

    यसअघिको सरकारले पठाएका ११ राजदूतलाई फिर्ता बोलाइएको थियो। उनीहरूको स्थानमा नयाँ राजदूत पठाउने सत्तारूढ दलबीच सहमति भएको थियो।

    त्यसका आधारमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को भागमा परेका राजदूत नियुक्तिका लागि सिफारिश गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भागमा परेका राजदूत नियुक्तिका लागि सिफारिश गर्न बाँकी छ।

    सरकारले गरेको सिफारिशका आधारमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ। त्यसअघि सिफारिश गरिएका व्यक्तिमाथि संसदीय सुनुवाइ हुनेछ।

    दक्षिण कोरियाका लागि राजदूत सिफारिश भएका मानव अधिकारकर्मी सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन्।

    मन्त्रिपरिषद्को असार ७ गते बसेको बैठकले उनलाई राजदूतमा सिफारिश गरेको थियो। प्याकुरेलले नाम फिर्ता लिन अनुरोध गरिएको पत्र आइतबार प्रधानमन्त्रीको सचिवालयमा दर्ता गराएका छन्।

    नाम सिफारिश गर्नुअघि परराष्ट्र मन्त्रालय र मन्त्रिपरिषद्को सचिवालयबाट आफूलाई कुनै सम्पर्क वा संकेत नगरिएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
    राजदूत नियुक्ति सम्बन्धमा विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत विमर्श आवश्यक रहेको उनले उल्लेख गरेका छन्।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.