Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Monday, April 27
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»आर्थिक»नेपाल-यूएईबीच व्यापार, लगानी र पर्यटन प्रवर्द्धन गर्न दूतावासमा अन्तरक्रिया
    आर्थिक

    नेपाल-यूएईबीच व्यापार, लगानी र पर्यटन प्रवर्द्धन गर्न दूतावासमा अन्तरक्रिया

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधावी । नेपाली दूतावास आबुधावीले नेपाल-यूएईबीच व्यापार, लगानी र पर्यटन प्रवर्द्धन गर्ने सम्बन्धमा अन्तरक्रिया गरेको छ ।

    आइतबार आबुधावीस्थित नेपाली दूतावासकै सभाहलमा आयोजित कार्यक्रममा यूएईमा लामो सयमदेखि व्यापार, व्यावसाय, लगानी र पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गरिरहेका झन्डै तीन दर्जन नेपाली व्यावसायीहरु सहभागी थिए ।

    कार्यक्रममा दूतावासका नियोग उपप्रमुख विशाल भट्टराईले नेपाल र यूएई बीचको व्यापार, लगानी र पर्यटन प्रवर्द्धन सम्बन्धी विस्तृत प्रस्तुतीकरण दिएका थिए ।

    कार्यक्रममा उपस्थित व्यवसायीहरुले नेपालको व्यापार, लगानी र पर्यटनको क्षेत्रमा रहेका चुनौती र समाधानका उपायहरुवारे आ–आफ्ना विचार तथा सुझाव दिएका थिए ।

    कार्यक्रममा युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले सरकारले हालैका दिनहरुमा अबलम्बन गरेका नीति र कार्यक्रमहरुबारे जानकारी दिए ।

    राजदूत क्षेत्रिले नेपालको व्यापार, लगानी र पर्यटनका क्षेत्रमा प्रचुर सम्भावनाहरु रहेकाले युएईमा लगानी गरेका नेपाली व्यावसायीहरुलाई आ-आफ्नो क्षेत्रबाट नेपालको समृद्धि र विकासमा सहयोग गर्न अनुरोध गरे ।

    नेपाल सरकारले गएको महिना मात्रै लगानी सम्मेलन गरेको र लगानी सम्मेलनमार्फत् अन्तर्राष्ट्रिय लगानी भित्र्याउन बाधक देखिएका भनिएका केही कानुन अध्यादेशमार्फत् संशोधन गर्ने निर्णय समेत गरेको थियो ।

    कार्यक्रमको सहजीकरण दूतावासका श्रम काउन्सिलर दिनबन्धु सुवेदीले गरेका थिए ।

    यसैबीच भन्सार विभागको एक तथ्याकअनुसार युएईसँग २ अर्ब ५० करोड ४६ लाख ९ हजार रुपैयाँ व्यापार घाटा छ । यही व्यापार घाटा अन्तरलाई न्यूनीकरण गर्न समेत यस्ता कार्यक्रम सहयोगी बन्ने दुतावासको बुझाई छ । नेपालको सबैभन्दा ठूलो व्यापार घाटा रहेका १० देश अन्तर्गत भारत, चीनसहित युएई छैठौं नम्बरमा छ ।

    नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका मुलुकहरु मध्ये भारत, अमेरिका, जर्मनी, युके, चीन, फ्रान्स, युएई, जापान, अष्ट्रेलिया, क्यानडा, इटाली टर्की, हङकङ (चीन) र डेनमार्क प्रमुखरुपमा रहेका छन् ।

    नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकहरुमा भारत, चीन, युएई, युक्रेन, मलेशिया, अष्ट्रेलिया, इण्डोनेशिया, मोरोक्को, जर्मनी, अमेरिका, ओमान, थाइलेण्ड, अर्जेन्टिना र फ्रान्स प्रमुखरुपमा रहेका छन् ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.