Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Monday, April 27
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»देशका विभिन्न ठाउँका आगलागी पीडित खाना र छानाविनै बस्न बाध्य
    मेन स्टोरी

    देशका विभिन्न ठाउँका आगलागी पीडित खाना र छानाविनै बस्न बाध्य

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डाै – पछिल्लो एक महिनादेखि देशका विभिन्न ठाउँमा डढेलो र आगलागीले ठूलो जनधनको क्षति गरे पनि सरकारले राहत र पुनर्स्थापनामा पर्याप्त चासो नदिएको भन्दै गुनासो बढेको छ ।महोत्तरी, काभ्रेसहित देशका विभिन्न ठाउँका आगलागी पीडितहरू पुनर्स्थापनाकाे पर्खाइमा छन् ।

    महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवागाछीमा गएको वैशाख १२ गते आगलागीबाट एक सय वटाभन्दा धेरै घर जलेका थिए । अहिले प्रभावित बस्तीका सबैजसो परिवारमा एक महिनासम्म पुग्ने तयारी खानेकुरा, खाद्यान्न दाल, चामलसहितका भान्साका सामग्री, लुगा र अत्यावश्यक भाँडाकुँडा प्राप्त भएको छ । अहिले जुटेको सहयोगबाट पीडित परिवारलाई खान र आङ ढाक्न सक्ने अवस्था बने पनि बासको प्रबन्ध नहुँदा खुला आकाशमुनि बस्नुपर्ने बाध्यता रहेको छ ।

    मटिहानीका मेयर हरिप्रसाद मण्डलका अनुसार मटिहानीमा पुनर्स्थापना, पुनर्लाभ र पुनर्निर्माणका कामलाई तत्कालै अगाडि बढाउनुपर्ने आवश्यकता छ । तर पालिका एक्लैको प्रयास पर्याप्त नभएको उहाँको भनाइ छ । पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रदेश, केन्द्र सरकार र अन्य निकायसँग पनि निरन्तर छलफल तथा समन्वय भइरहेको नगरपालिकाले जनाएको छ ।

    यस्तै आगलागीले बस्ती नै जलेपछि काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका पीडित बिचल्लीमा परेका छन् । बस्ने घर, ओढ्ने ओछ्याउने, लत्ताकपडा र खाने अन्नपात सबै जलेर नष्ट भएको छ । विपद् व्यवस्थापन समिति र सहयोगी सङ्घ–संस्थाले दिएको राहतको भरमा बस्नुपर्ने अवस्था रहेको पीडित कान्छीमाया तामाङले बताए ।

    सानोपोटा गाउँमा गएको मङ्गलवार दिउँसो भएको आगलागीमा १५ वटा घर जलेर नष्ट भएका थिए । गाउँ नजिकैको सामुदायिक वनको डढेलो बस्तीमा पसेको थियो । पीडितको दीर्घकालीन व्यवस्थापन तथा पुनर्स्थापना गर्ने विषयमा छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए ।

    यस्तै पाल्पामा भएको आगलागीमा परेर ३८ वटा घरगोठ जलेका छन् । रामपुर नगरपालिका–४ र ५ का साथै पूर्वखोला गाउँपालिका–६ हेक्लाङमा जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिएपछि ३८ वटा घरगोठ जलेका हुन् । पूर्वखोलाको हेक्लाङमा २७ वटा घरगोठ र रामपुर नगरपालिकाको ४ र ५ मा ११ वटा घरगोठ घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    यस्तै सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० वटा घर जलेर नष्ट भएका छन् । थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा आगोले भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । साेलुखुम्बुकै नेचासल्यान गाउँपालिका–२ डिटीमा आज बिहान दुई वटा घर जलेका छन् ।

    यस्तै उदयपुरको लिम्चुङबुङ गाउँपालिका–५ हिम्मा ढुकुरथुम्कामा रहेको रानी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा तीन वटा घर र तीन वटा गोठ जलेका छन् । उदयपुरकै त्रियुगा नगरपालिका–१३ भातीखर्कका जगतबहादुर राईको घर जलेर नष्ट भएको छ ।

    अहिले पनि देशका ५३ जिल्लाको चार सय ३६ वटा ठाउँमा डढेलो लागिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपरेको र हावा चलेका कारण डढेलो फैलिरहेको बताए । नेपालको भौगोलिक विकटताका कारण डढेलो निभाउन समस्या छ ।

    प्राधिकरणका अनुसार हिजो ३९ जिल्लाका एक सय ६५ वटा स्थानमा वन डढेलो लागेको थियो । डढेलोको जोखिम थप फैलिएको र पानी नपरेसम्म निभाउन मुस्किल छ । डढेलो निभाउने गरी पानी पर्ने सम्भावना तत्काल नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.