Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»श्रमिकको समस्या समाधानका लागि ‘श्रमाधान’ योजना घोषणा
    मेन स्टोरी

    श्रमिकको समस्या समाधानका लागि ‘श्रमाधान’ योजना घोषणा

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमान्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारीसँग सम्बन्धित ‘श्रमाधान योजना’ घोषणा गरेको छ । बुधबार अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मन्त्रालयले श्रमाधान योजना घोषणा गरेको हो ।

    मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच श्रमाधान योजनाको घोषणा गर्दे श्रम मन्त्री डोल प्रसाद आयलले श्रमाधान योजनाले नेपाल र विदेशमा रहेको नेपाली श्रमिकको सबै खालको समस्या एकद्धारा प्रणालीबाट समाधान गर्ने बताए । ‘मन्त्रालयले अहिले पनि कल सेन्टर सञ्चालन गरेको छ । तर, यसको काम सिमित भयो । त्यसैले वृहत रुपमा श्रमिकको समस्या समाधान देखि जिज्ञासा, सुझाव तथा गुनासोलाई सम्बोधन गर्ने गरी यो योजना सञ्चालन गरिएको हो,’ उनले भने ।

    श्रमाधानको पहिलो चरणमा सातवटा क्षेत्रहरुसँग सम्बन्धित कार्यक्रमहरु समावेश गरिएका छन् । इन्द्रेणीका सात रगंहरुसँग मेल खाने गरी प्रत्येक कार्यक्रमहरुलाई एक विशेष रगंसँग जोडिएको छ । जसले प्रत्येक कार्यक्रमको उद्धेश्य र महत्वलई प्रतिविम्बित पनि गर्छ ।

    श्रमाधान योजनाको पहिलो ‘सेकेन्ड इनिङग’ कार्यक्रम रहेको छ । जसले काममा सक्रिय रहने उमेर कटेपछि वा अवकास भएपछि आफूसंग रहेको सीप कसरी प्रयोग गर्ने भन्ने बिषयमा काम गर्ने मन्त्री अर्यालले बताए । दोस्रोमा ‘रोजगार बैंक’ रहेको छ । यसले रोजगार दाता र रोजगारी खोज्ने बीच समन्वय गर्नेछ । तेस्रोमा रहेको ‘समता’ कार्यक्रमले समानतको प्रत्याभूत गर्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए । जसमा विशेष समुदायलाई प्राथमिकता दिइने छ ।

    चौथोमा ‘ल’ कार्यक्रम छ । यस कार्यक्रम मार्फत श्रमिकलाई कानुनी रूपमा सक्षम बनाउने उद्देश्य मन्त्रालयले राखेको छ । श्रम सम्बन्धी कानुन सबैले जानुन भन्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए । अर्को ‘कनेक्ट’ कार्यक्रम रहेको छ । विश्व बजारको श्रमसँग नेपालको श्रमिक लाई प्रतिस्पर्धी बनाउने यसको उद्देश्य रहेको छ । अर्को ‘साथ’ कार्यक्रम रहेको छ । यसले विश्व बजारमा रहेका श्रमिकको साथमा नेपाल सरकार, मिडिया, कर्मचारी रहेको आभास गराउने लक्ष्य राखेको छ । त्यस्तै, अर्को ‘कल सेन्टर’ कार्यक्रम छ । कल सेन्टरबाट समस्या, जिज्ञासा संकलन गरी सम्बन्धित निकायमा पुराएर समाधान गरिने मन्त्रालयले जनाएको छ ।

    श्रमाधान योजना भित्रका सात कार्यक्रमलाई क्रमिक रुपमा सञ्चालनमा ल्याईनेछ । पहिलो चरणमा श्रमाधान कल सेन्टर सञ्चालन गरिने श्रममन्त्री डोल प्रसाद अर्यालले बताए ।

    श्रमाधान योजनाका सात क्षेत्र कार्यक्रम ः

    सेकेन्ड इनिङग
    ‘अवकाश पछिको आरम्भ’

    श्रमाधान सेकेण्ड इनिङगमा वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमै अवकाश प्राप्त नागरिकहरुको सीप, श्रम र अनुभवलाई पुन ः सक्रिय बनाउन मद्धत गर्ने एक विशेष पहल हो । यस कार्यक्रमले सेनानिवृत व्यक्तिहरुलाई आफनो अनुभव र कौशललाई प्रयोग गरी नयाँ रोजगारी, स्वयंसेवा वा उद्यमशीलताका विभिन्न अवसरहरुमा संलग्न हुन सहयोग पुयाउने छ ।

    रोजगार बैक
    ‘पेशागत यात्राको सहयात्री’
    श्रमाधान रोजगार बैंकको उद्धेश्य रोजगारदाता र रोजगारी खोज्ने बीचका बहुआयामिक पक्षको समन्वयतात्मक सेतु बनी आन्तरिक र विश्व श्रम बजारमा नेपाली श्रमिकको सुव्यवस्थित, सबल र वृहत प्रतिनिधित्व गर्दे रोजगारीका अवसरहरुलाई व्यापक बनाउनु हो । यस कार्यक्रमले श्रमिकहरुलाई श्रम बजारमा प्रतिस्पर्धी हुन आवश्यक कौशलको विकास तथा पेशागत उन्नतिका लागि चाहिने स्रोत र साधन प्रदान गर्छ ।

    समता
    ‘विविधताको एकता श्रममा समता’
    श्रम क्षेत्रमा लैगिंक, भौगोलिक, वर्गीय, जातीय तथा अन्य कारणले मुलधारमा आउन नसकेको नागरिकहरुको पहिचान गर्दे श्रमको उच्च सम्मानको संस्कृति विकास गर्ने र श्रमको प्रक्रिया वा अन्य चरणमा व्यक्तिको व्यक्तिगत हक तथा अधिकार सुनिश्चित गर्दै समानताको प्रत्याभूति गर्ने उद्धेश्य श्रमाधान समता कार्यक्रमको छ । यसले विशेष आवश्यकता रहेको वर्ग तथा समुदायको हकमा खास सुविधा प्रदान गरेर समानताको प्रत्याभूति दिने कुरालाई पनि समेट्छ ।

    ल
    ‘श्रम सम्बन्धी कानुन सबैले जानुन’
    श्रमाधान ल श्रमिकहरुलाई उनीहरुका कानुनी अधिकारहरु र कर्तब्यहरु बुझाएर श्रमको यात्रामा कानुनी रुपमा सुरक्षित बनाउने कार्यक्रम हो । यस कार्यक्रमले श्रमिकहरुलाई श्रम कानुनका विभिन्न पक्षहरुमा सुसुचित गराई भविश्यमा हुन सक्ने श्रम विवाद र यसका अदालती प्रक्रियाका लागि तयार गराउँछ । यो कार्यक्रम विशेष गरी श्रमिकहरुको कानुनी ज्ञानलाई बढाउने र कामको स्थानमा सामना गर्नुपर्ने चुनौतीहरुलाई सहजतापूर्व समाधान गर्न मद्धत पुराउने ध्ययेका साथ ल्याईएको हो ।

    कनेक्ट
    ‘भोलिको तयारी, आजैबाट’
    विश्व श्रम बजारको हरेक दिन बदलिँदो छ । यस परिस्थितिमा नेपालको श्रमिकलाई विश्व श्रमिक बजारमा प्रतिस्पर्धी बनाउनुको विकल्प छैन । ग्लोबल ट्रेन्ड र चेन्जमा आधारित भएर श्रमको नयाँ विविधितासँग जोड्न श्रमाधान कनेक्ट कार्यक्रमको उद्धेश्य हो । यो कार्यक्रम नेपालबाट विदेश जाने श्रमिक, विदेशमा काम गरि रहेका नेपाली श्रमिक र गैर आवसीय नेपालीहरुलाई एउटै धागोमा जोडेर नेपालीहरुको दक्षता र विज्ञता विकासमा आधारित हुनेछ ।

    साथ
    ‘हामी छौ’
    श्रमाधान साथ देश भित्र र विदेशमा काम गर्ने श्रमिकहरु र उनीहरुका परिवारहरुको मानसिक स्वास्थ्यलाई केन्द्रविन्दुमा राखी बनाइएको कार्यक्रम हो । यो कार्यक्रम तनाव व्यवस्थापन, मनोसामाजिक सहयोग र साँस्कृतिक समन्वय जस्ता श्रमिक र श्रमिकको परिवारको मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न केन्द्रित हुनेछ ।

    कल सेन्टर
    ‘समस्याहरुको सम्बोधन तुरुन्तै’
    श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरुको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुराएर समाधान गर्ने सुविधा हो ।

    श्रमाधानले श्रमिकको समस्या समाधानको प्रक्रिया ः

    कुनै पनि श्रमिकले श्रमाधानमा विभिन्न माध्यमबाट कल गर्नेछन् । कल सेन्टरले समस्याको वर्गीकरण अभिलेखीकरण, सहजीकरण र स्थान्तरण गर्नेछन् । कल सेन्टरले श्रमिकको समस्याको आधारमा सम्बन्धित निकाय जस्तै, वैदेशिक करोजगार विभाग, श्रम विभाग, सामाजिक सुरक्षा कोष, व्यवसायिक प्रशिक्षण केन्द्र लगायतका अन्य निकायका फोकल पर्सनसम्म पुराउने छन् ।

    पहिलो चरणमा
    श्रमाधान योजना क्रमिक रुपमा कार्यान्वयन हुँदै जानेछ । पहिलो चरणमा श्रमाधान कल सेन्टर हप्ताको सात दिन नै २४ घण्टा उपलब्ध हुनेछ । समस्या समाधानका लागि कल सेन्टरले सम्बन्धित निकायका फोकल पर्सनसम्म पुराउनेछन् । त्यस्तै कल सेन्टरमा मिसकल आएको अवस्थामा पनि कल ब्याक गरिनेछ ।

    दोस्रो चरणमा
    त्यस्तै गरी दोस्रो चरणमा विदेशमा आधारित एसआईपि लाइन, आईभिआर (इन्टरएक्टिभ भ्वाइस रेसपोन्स), आर्टिफिसियल इन्टेलिजेनसमा आधारित च्याट बट, भिडियो एक्सेपलेनर, टायम कार्ड, कि पर्फमेन्स इन्डिकेटर प्रयोग सञ्चालनमा ल्याईनेछ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.