Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    २ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    २ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    २ महिना अगाडि
    Facebook Twitter Instagram
    Friday, June 5
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»खेलकुद»मैत्रीपूर्ण खेलका लागि फुटबल टोली आज इंग्ल्यान्ड उड्दै
    खेलकुद

    मैत्रीपूर्ण खेलका लागि फुटबल टोली आज इंग्ल्यान्ड उड्दै

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बुधबार इंग्ल्यान्डतर्फ जाँदै छ । भिसा नआउँदा टोली मंगलबार त्यसतर्फ उड्न पाएको थिएन।अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईका अनुसार खेलाडीसहितको टोली बुधबार दिउँसो २ बजे कतार एयरवेज र इमिरेट्सका छुट्टाछुट्टै विमानबाट त्यतसर्फ जाँदै छ । ‘हामीले मंगलबार रातिसम्म पठाउने प्रयास गरेका थियौँ । अब आज दुई बजे दिउँसो कतार र इमिरेट्सका विमानबाट खेलाडीसहितको टोली इंग्ल्यान्ड जानेछ,’ राईले भने ।

    नेपालले २५ वैशाखमा इंग्ल्यान्डको पाँचाैँ श्रेणीको अल्डरसट फुटबल क्लबविरुद्ध खेल खेल्दै छ । इंग्ल्यान्ड जाने टोलीमा ३० जना सदस्य छन् । जसमा खेलाडी २३ र सात अफिसियल रहेका छन् । सबै सदस्यलाई एकैपटक एउटै विमानमा पठाउन सम्भव नभएकाले दुई फरक विमानबाट पठाउन लागेको राईले जनाए । ‘सुरुमा हामीले सबैलाई एउटै विमानबाट पठाउने प्रयास गर्‍यौँ, त्यो सम्भव नभएपछि फरक–फरक विमानको टिकट काटेका हौँ,’ उनले भने, ‘सम्भवतः कतार एयरवेज र इमिरेट्स विमानमा टोलीका आधा–आधा सदस्य हुनेछन् ।’ खेलाडी र अफिसियल अहिले होटेलमा छन् ।

    राखेपका सदस्यसचिव टंकलाल घिसिङ भन्छन्– हामीले केवल ३० जनाको सहभागिता स्वीकृति दिएका छौँ, त्यसबाहेक अन्यलाई स्वीकृति दिइएको छैन । सदस्यसचिवस्तरीय निर्णयअनुसार स्वीकृति दिएका हौँ । यसबाहेक थप व्यक्तिहरूको स्वीकृतिका लागि निवेदन आएको छैन ।

    प्राविधिक कारणले भिसा आउन ढिलाइ

    एन्फाले सोमबार आफ्नो केन्द्रीय कार्यालयमा खेलाडीसहित अफिसियलको बिदाइ गरेको थियो । जसमा नेपालका लागि बेलायती राजदूत रोव फेनले बिदाइ गरेका थिए । एन्फाले मंगलबार बिहानसम्म इंग्ल्यान्डको भिसा आउने विश्वासका साथ टोलीलाई त्यसतर्फ पठाउन प्रबन्ध गरेको थियो । तर, बिहान नौ बजेसम्म नयाँ दिल्लीबाट भिसा नआउँदा एन्फाले राति टोलीलाई इंग्ल्यान्ड पठाउने प्रयास गरेको थियो । तर, दिउँसोसम्म पनि भिसा आएन । ‘मंगलबार बिहानसम्म भिसा आउने भनिएको थियो, त्यसपछि दिउँसोसम्म प्रतीक्षा गर्‍यौँ, यो दुवै समयमा भिसा नआउँदा खेलाडीलाई आज पठाउने निर्णय गरिएको हो,’ उनले भने, ‘अहिले हामीलाई कुनै समस्या छैन, टोलीको भिसा आइसकेको छ ।’

    मन्त्रालयले एन्फासँग जानकारी लियो

    युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीसँगै अफिसियलको भिसा नआएको सम्बन्धमा एन्फासँग जानकारी लिएका छन् । मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव घिसिङको उपस्थितिमा एन्फाका महासचिव राईसँग छलफल गरेका हुन् । राईले मन्त्रीलाई प्राविधिक कारणले भिसा आउन ढिलो भएको बताए । ‘प्राविधिक कारणले इंग्ल्यान्डको भिसा आउन ढिलो भएको मन्त्रीज्यूलाई जानकारी दिएँ,’ उनले भने ।

    एन्फा महासचिव किरण राई भन्छन्–मंगलबार बिहानसम्म भिसा आउने भनिएको थियो, दिउँसोसम्म प्रतीक्षा गर्‍यौँ, तर समयमा भिसा नआउँदा खेलाडीलाई आज पठाउने निर्णय गरिएको हो । अहिले हामीलाई कुनै समस्या छैन, टोलीको भिसा आइसकेको छ ।

    राखेपबाट ३० जनाको मात्र स्वीकृति

    राष्ट्रिय खेलकुद परिषद्ले इंग्ल्यान्डमा मैत्रीपूर्ण खेल खेल्न जाने ३० जनालाई मात्र स्वीकृति प्रदान गरेको छ । राखेपले १७ वैशाखमा २३ खेलाडी र सात अफिसियललाई मात्र त्यसतर्फ जान स्वीकृति दिएको सदस्यसचिव टंकलाल घिसिङले बताएका छन् । ‘हामीले केवल ३० जनाको सहभागिता स्वीकृति दिएका छौँ, त्यसबाहेक अन्यलाई स्वीकृति दिइएको छैन,’ घिसिङले भने, ‘हामीले सदस्यसचिवस्तरीय निर्णयअनुसार स्वीकृति दिएका हौँ ।’ राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को परिच्छेद ६ को दफा (झ) अनुसार सहभागिता जनाउन स्वीकृति प्रदान गरिएको उनले बताए । ‘यसबाहेक थप व्यक्तिहरूको स्वीकृतिका लागि निवेदन आएको छैन,’ उनले भने ।

    पाँच भिआइपीसँगै थप १५ जना जाने तयारी

    इंग्ल्यान्डमा पाँचजना भिआइपीसँगै थप १५ जना अन्य सदस्य जाने तयारीमा छन् । एन्फाले नेपाली टोलीसँगै यी थप २० जनाको स्वीकृतिका लागि राखेपमा निवेदन राखेको छैन । दुई पक्षबीचको सम्झौताअनुसार एन्फाले पाँचजना भिआइपीसँगै थप सदस्यलाई इंग्ल्यान्ड पठाउन लागेको हो । भिआइपीको सूचीमा एन्फा अध्यक्ष पंकज नेम्वाङसँगै उपाध्यक्ष दीपक खतिवडा सदस्यहरू महेन्द्र क्षेत्री, विकासनारायण श्रेष्ठ र सहायक महासचिव दामोदर भट्टराई सूचीमा छन् ।

    एन्फाका महासचिव राईले थप २० जना आफ्नै खर्चमा जान लागेको जानकारी दिएका छन् । ‘उहाँहरू आफ्नै खर्चमा इंग्ल्यान्ड जाँदै हुनुहुन्छ,’ उनले भने, ‘एन्फाले ती सदस्यहरूको आर्थिक भार व्यहोर्दैन ।’ भिसा नआएका कारण नै २० जना सदस्यहरूको स्वीकृतिका लागि राखेपमा सिफारिस नगरेको उनले बताए । ‘अहिलेसम्म भिसा आएको छैन, कसरी हामीले स्वीकृति माग्ने हो, भिसा आएपछि उहाँहरूको राखेपमा स्वीकृतिका लागि सिफारिस हुनेछ,’ राईले भने । इंग्ल्यान्ड जान लागेको थप व्यक्तिहरूको आयोजककै आग्रहमा जान लागेको उनको भनाइ छ । ‘दुई देशबीचको फुटबल विकास र सम्बन्ध बलियो बनाउन नै आयोजकले भिआइपी र भिआइपीका रूपमा रिफर गरेको छ,’ उनले भने ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    २ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    २ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    २ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ७ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.