Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»कतारी राजाको नेपाल भ्रमण : कतारमा कार्यरत नेपालीहरु के भन्छन् ?
    मेन स्टोरी

    कतारी राजाको नेपाल भ्रमण : कतारमा कार्यरत नेपालीहरु के भन्छन् ?

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    युएई । दुई दिने राजकीय भ्रमणका लागि नेपाल ओर्लिएका कतारी राजा आमिर शेख थामिम बिन हमाद अल थानीलाई नेपालमा भव्य स्वागत गरिएको छ । झन्डै ५ लाख नेपालीलाई रोजगारी दिइरहेको श्रम गन्तब्य मुलुक कतारका शासकको नेपाल भ्रमणलाई दुई देशको सम्बन्ध विकास र त्यहाँ कार्यरत नेपालीको हितमा महत्वपूर्ण हुने ठानिएको छ ।

    पछिल्लो केही वर्ष यता कतारले मध्यपुर्वलाई ‘भाले’का रुपमा नेतृत्व गरिरहेको छ । मध्यपुर्वको अरबी मुलुक कतारले युद्दग्रस्त इजरायल हमास, प्यालेस्टाइन, साउदी अरब, युएई, सिरिया (हाजबुल्ला) युद्धदेखि ईरानसम्मको खटपटलाई सम्हाल्दै मध्यस्थकर्ताको रुपमा भूमिका खेलिरहेकाले कतारलाई ‘अरबको भाले’का रुपमा लिन थालिएको हो ।

    ‘अरबको भाले’ कतारको पछिल्लो विकासे फड्कोलाई संसारले अद्भूत भनेको छ । दक्षिण एसीयाली मुलुकबाट श्रमशक्ति खिचेर देशको विकासलाई हाँकीरहेको कतारलाई तेस्रो श्रमशक्ति नेपालले प्रदान गर्दै आएको छ ।

    कतारी राजा थानीको नेपाल भ्रमणबारे कतारमा कार्यरत नेपालीहरु के भन्छन् ?

    नेपाल सरकार र नेपाली दुतावास दोहा कतार धन्यवादका पात्र हुन् । त्यसमा पनि कतारका लागि नेपाली राजदुत नरेश विक्रम ढकालले आफ्नो कार्यकालमा कतारका राजालाई नेपाल भ्रमण गराउन सक्नु अत्यन्त सफल उदाहरण भएको बताए । कतारमा कार्यरत नेपालीहरुले खुशी व्यक्त गरेको उनको भनाइ छ ।

    वर्षौंदेखि काम गर्दै आएको कर्मभूमिका शेख तमिम बिन हामीद अल थानीको नेपाल यात्राले ५ लाख हाराहारीमा कतारमा रहँदै आएका नेपालीहरुले दुई देशबीचको सम्बन्ध तथा श्रमिक हकहितमा थप नयाँ परिवर्तन ल्याउने आशा गरेका छन् ।

    साथै दुई देशको कूटनीतिक सम्बन्ध अझै प्रगाण्ढा बनोस् र सन् २००५ मा गरिएका श्रम सम्झौताहरुको समय सापेक्ष पुनरावलोकन गर्दै कतारि लगानी भित्र्याउन सकिने वातावरण नेपालले बनाउनुपर्ने नेपालीहरुले चासो व्यक्त गरे ।

    राम प्रसाद पराजुली, अध्यक्ष– कतार नेपाली एकता समाज

    मंगलबार नेपालको मुख्य श्रम गन्तव्य मुलुक तथा मेरो कर्मभुमिका अमिर (राजा) कतारी राजा आमिर शेख थामिम बिन हमाद अल थानी राजकीय भ्रमणका लागि नेपाल पुगेका छन् । दुई देशको कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ पछिको पहिलो भ्रमण र यस् क्षेत्रकै पहिलो ठूलोस्तरको भ्रमणले म जस्ता धेरै नेपालीहरुलाई खुशी र केही आशा जगाएको छ ।

    कतार जस्तो विकसित मुलुकको अमिर राजा नेपाल भ्रमण गर्दा सोही मुलुकको ठूलो संख्यामा अफ्नो देशमा भएका श्रमिकहरुको श्रमलाई पनि प्राथमिकतामा राखेर थप व्यवस्थित र मर्यादित श्रम सम्झौता हुनेमा विश्वस्त छौ र यो हुनुपर्छ । यसै गरि भ्रमणले नेपालमा कतारी लगानी, दुई देशबीचको व्यापार, शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा प्रगती हुने आधारहरु स्थापित गर्न सकियोस् भन्ने चाहाना राख्दछु ।

    पदम गिरी, अध्यक्ष – तनहुँ सेवा समाज दोहा कतार

    मध्यपूर्व क्षेत्रबाट अर्थात म स्वयम कार्यरत राष्ट्रको राष्ट्र प्रमुखका रूपमा पहिलो पटक कतारी अमिरको नेपाल भ्रमण ऐतिहासिक हो । ‘यो भ्रमणले मध्यपूर्व अन्य राष्ट्रका राष्ट्र प्रमुखलाई पनि नेपाल भ्रमणको लागि प्रोत्साहन गर्ने छ भन्ने मैले अपेक्षा गरेको छु । आशा गरौ यो भ्रमणले नेपाल र कतारी नागरिकबीचको सम्बन्ध विस्तार गर्दै कतारी मात्र नभएर मध्यपूर्वका नागरिकहरुलाई नेपालको भ्रमण गर्न पनि उत्साहित बनाउन सक्ने छ । अन्यदेशका राष्ट्रबाट पनि राष्ट्र प्रमुखहरुलाई नेपाल भ्रमण गराउन सक्ने प्रेररणा मिल्ने छ ।

    डिल्लीराम भट्टराई, अध्यक्ष – लुम्बिनी प्रदेश समन्वय परिषद कतार

    अहिले सम्म श्रमिक मात्रै पठाउँदै आएको नेपालले अब नेपालमा उत्पादित खाद्यान्न ,कपडा लगायत वस्तुको नियमित निर्यात गर्न सकोस् भन्ने अपेक्षा राख्दछौ । नेपालमा जलविधुत तथा अन्य क्षेत्रमामा लगानी गर्ने सक्ने गर्न सक्ने वातावरण बन्न सकोस् भन्ने अपेक्षा गरेको छु । विशेषत कतारमा कार्यरत नेपाली कामदारको २४ घण्टे बीमाको व्यवस्थासहितको श्रम सम्झौता अहिलेको आवश्यकता पनि हो । कतारी अमिरको नेपाल भ्रमण सफल होस् भन्ने कामना गर्दछु ।

    मोहम्मद अजिज अली, सभापति – नेपाली जनसम्पर्क समिति कतार

    कतारका अमीरको नेपाल भ्रमण समग्र हामी नेपाली जो कतारमा श्रम गरिरहेका छौं सबैको लागि खुशीको कुरा हो । लामो समयदेखिको दुई देशको मित्रवत सम्बन्धलाई यो भ्रमणले अझ प्रगाढ बनाउने छ । नेपालले युवाशक्ति बेच्ने मात्रै होइन हामीले धेरै कुराहरूको फाइदा लिन सक्छौ जस्तैः लगानी र पर्यटक मुख्य हुन् ।

    कतारले छोटो समयमा आफ्नो स्रोत र साधनबाट विकासमा मारेको फड्को, र त्यस्तै हामीले कसरी गर्न सक्छौ ? भन्ने विषयमा सम्भावनाको खोजी होस् । दक्ष कामदारहरू सरकारलेनै सम्झौता गरेर पठाउन सुरु गरोस् । नेपालीको पहिचान मजदुरी मात्रै भन्ने हटाउन सकियोस् ।

    कतारले नेपालका हाइड्रो, शिक्षा, खेलकूद र स्वास्थ्य क्षेत्रमा समेत लगानी गर्न सक्छ त्यसका लागी ‘जी टु जी’ छलफल होस् । अरब मूलुकका पर्यटकलाई नेपाल शान्त र सुरक्षित गन्तव्य हो त्यसका लागि केही आवश्यक तयारीका लागि समेत विचार पूराउन यो भ्रमण कोशे ढुङ्गा होस् । – नेपाल प्रेस

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.