Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Monday, April 27
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»दुबइ लगायत खाडीमा भीषण वर्षा, सयौं यात्रु नेपालकै विमानस्थलमा अलपत्र
    मेन स्टोरी

    दुबइ लगायत खाडीमा भीषण वर्षा, सयौं यात्रु नेपालकै विमानस्थलमा अलपत्र

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ — यूएईलगायत खाडी क्षेत्रमा सोमबार राति भएको भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन् ।

    पोखराका चिरञ्जीवी धिताल, सुनसरीका आजाद अन्सारी लगायतका यात्रु मंगलबार राति १ बजे एफजेट–५७४ नम्बरको उडानबाट दुबई पुग्नुपर्ने थियो । तर, मंगलबार फ्लाई दुबईले राखेका तीनमध्ये दुबई–काठमाडौं–दुबईका दुइटा उडान भएन । ‘मौसमको कारण देखाउँदै उडान रद्द भएको भनियो,’ छोटो घर बिदामा आएका कास्की मणिडाँडाका धितालले भने, ‘म पोखराबाट मंगलबार बिहानै बस चढेर दिउँसो गोगंबु बसपार्कबाट सिधै ४ बजे काठमाडौं एयरपोर्ट आए, २४ घन्टा बित्यो, यतै छु ।’

    उनकाअनुसार, राति १० बजे उनी बोर्डिङ पास लिन चेकइन काउन्टर पुगेका थिए । तर, फ्लाई दुबईका कर्मचारीले उडान नहुने भनी फर्काए । विमानस्थलस्थित टर्मिनल कार्यालयकाअनुसार, फ्लाई दुबईको दुई उडानबाट दुबई तथा तेस्रो मुलुक जानुपर्ने ३ सय हाराहारी यात्रु थिए ।

    ‘उडान नहुने भएपछि राती यात्रुहरु व्यवस्थापन गर्न कठिनाई भयो,’ मध्यरातमा यात्रुहरुको व्यवस्थापनमा जोडिएका विमानस्थलका एक कर्मचारीले भने,‘फ्लाई दुबईका कर्मचारीलाई बोलाएर यात्रु व्यवस्थापन गर्न लगायौं ।

    ‘केही होटलमा सुत्न गए । केही घर लागे । केही आफन्तको डेरामा लागे,’ धिताल भने,’२५ घन्टादेखि विमानस्थलको क्यानोपी मुनि झोला सिरानी राखेर पल्टिरहेका थिए । ‘खासमा मसँग खर्च थोरै थियो । साथीहरुले होटल जाउँ भनेका थिए । तर मैले झोलामा चाउचाउ र भुजिया बोकेको थिएँ । त्यही खाएर यतै रात कटाएँ।’ उताको भारी वर्षाका कारण फ्लाई दुबईको एउटा जहाज पनि मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘ग्राउन्डेड’ भएको थियो ।

    त्यो जहाज बुधबार दिउँसो उड्यो । तर, दुबईसम्म जाने यात्रु मात्रै त्यसमा गए । धिताल फ्याट्ट जहाज उड्ने भए पाइहालिन्छ की भनेर विमानस्थलमै बसेका थिए । बुधबार जहाज उड्ने भएपछि उनी पुनः चेकइन काउन्टर छिरेका थिए । तर, उनले त्यो उडानमा जान पाएनन् ।

    फ्लाई दुबईको काठमाडौंस्थित कार्यालयका एक कर्मचारीका अनुसार, त्यो जहाजमा ‘दुबई–रेसिडेन्ट’ भएकालाई मात्रै प्राथमिकता दिइएको थियो । ‘दुबईमा बिस्तारै पानीको प्रभाव घटेपछि हिजो राति रोकिएको हाम्रो जहाज आज (बुधबार) दिउँसो साढे ४ बजे उड्यो,’ कार्यालयको नियमअनुसार नाम खुलाउन नमिल्ने बताउँदै उनले कान्तिपुरसँग भने, ‘त्यो विमानमा तेस्रो मुलुक जाने यात्रुलाई प्राथमिकता दिइएन ।’

    किनकी दुबईबाट बाहिर जाने उडान अझै नियमित भइसकेका छैनन् । त्यहाँ फेरि यात्रु अलपत्र पर्ने भएकाले अहिले ट्रान्जिट यात्रुलाई राखिएको छैन । दुबईकालागि दैनिक चारवटा काठमाडौंबाट उडान गर्ने फ्लाई दुबईले बिहीबार चारमध्ये दुईटा उडान गर्ने जानकारी विमानस्थलस्थित टर्मिनल कार्यालयलाई दिएको छ । उसले सूचनामार्फत् यात्रुहरुलाई इमेल, एसएमएसबाट पनि जानकारी गराउँदै टिकट खरिद गरिएका ट्राभल एजेन्सीमा सम्पर्क गर्न भनेको छ । विमानस्थलमा बुधबार र बिहीबार हुनुपर्ने फ्लाई दुबई बाहेक युएईको अर्को सहर शारजाह उड्नुपर्ने एयर अरेबियाका पनि दुइटा उडान रद्द भएको टर्मिनल कार्यालयले जनाएको छ ।

    त्यस्तै नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्सका पनि तालिका प्रभावित भएका छन् । यसैगरी सिधा उडानबाहेक भारत हुँदै जाने दर्जनौं यात्रु पनि काठमाडौं विमानस्थलको बगैंचामा दुबई उड्ने जहाजको प्रतीक्षामा थिए । – कान्तिपुर

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.