Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Monday, April 27
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»घरविदामा नेपाल आउन लागेकी राधिकाको यूएईमा रहस्यमय मृत्यु, घटनालगत्तै श्रीमान सम्पर्कविहीन
    मेन स्टोरी

    घरविदामा नेपाल आउन लागेकी राधिकाको यूएईमा रहस्यमय मृत्यु, घटनालगत्तै श्रीमान सम्पर्कविहीन

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे, रुपेश अधिकारी२ वर्ष अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    युएई । संयुक्त अरब इमिरेट्स (युएई) को अजमानमा एक नेपाली महिलाको मृत्‍यु भएको छ । रोजगारीका लागि १३ महिना पहिले युएई आएकी पाणिनी ५ मैदान अर्घाखाँचीकी राधिका घिमिरेको आइतबार बिहान मृत्यु भएको हो ।

    राधिकाको मृत्‍युको घटनालाई उनको माइती पक्षका आफन्तले शंकास्पद भनेका छन् । यद्यपि घटनाको विषयमा अजमानको स्थानीय प्रशासनमार्फत अनुसन्धान भइरहेको छ ।

    घटना हुनुअघि सँगै भएका एकजनालाई प्रहरीले सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ भने मृतक राधिकाका श्रीमान् टीकापुर-७ कैलालीका नेत्रप्रसाद न्यौपाने सम्पर्कविहीन छन् ।

    राधिकाको शव उनीहरू बस्दै आएको घरबाहिर माथिबाट खसेको र छेदविच्छेद अवस्थामा भएको प्रत्यक्षदर्शीले देखेका थिए । एम्बुलेन्स र प्रहरी आउन्जेल मृतकका श्रीमान् नेत्रप्रसाद सोही स्थानमा तीन पटक ओहोरदोहोर गरेको र पछि सम्पर्कविहीन भएको बताइएको छ ।

    स्थानीय प्रशासनले अनुसन्धान जारी रहेको परिवारलाई बताएको युएईमै कार्यरत राधिकाकी कान्छो बुवाकी छोरी शुशीला घिमिरेले बताइन् । शव पोष्टमार्टमका लागि राखिएको छ । घटनास्थलबाट मृतक राधिकाका माइतीतर्फका नाताले भाइ पर्ने थानेश्वर घिमिरेलाई प्रहरीले सोधपुछ तथा अनुसन्धानका लागि पक्राउ गरेको छ ।

    घटनाबारे सुरुमा थाहा नभएको जनाएका थानेश्वर पनि घटनास्थलबाट भागेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मृतक राधिका र उनका श्रीमान नेत्रप्रसाद न्यौपानेबीच भनाभन भएको छिमेकीले सुनेको र पछि राधिकाको शव घरको तल छेदविच्छेदको अवस्थामा भेटिएको थियो ।

    नेत्रले मदिरा सेवन गरी राधिकासँग झगडा गरिरहेको थिए । धेरै झगडा हुन लगेपछि आफू बाथरुममा गएर आधा घण्टा बसेको र बाहिर निस्किदा दिदीलाई नदेखेर खोज्दा दिदीलाई घरको तल भुइँमा देखेको थानेश्वरले बताएका छन् । झगडा हुँदा कुटपिट गरेको र ५ औ तल्लाको बाल्कोनीबाट खसालेको हुन सक्ने परिवारले आशंका गरेका छन् ।

    मृतक राधिकाको परिवारमा बुवा आमा एक दाई र भाइसहित ९ वर्षकी छोरी छन् । राधिका ईद लगत्तै नेपाल जाने तयारीमा थिइन् । बिदामा नेपाल जाने तयारी गरेकी उनी कहिले नफर्किने गरी यूएईमै अस्ताएकी छन ।

    के भएको हो ?

    राधिकाले ४ वर्षअघि नेत्रप्रसादसँग दोस्रो विवाह गरेकी हुन् । पहिलो वैवाहिक सम्बन्धमा समस्या आएपछि कानूनीरूपमा अलग भएकी राधिकाको पहिलो वैवाहिक सम्बन्धबाट एउटी ९ वर्षकी छोरी समेत छन् ।उनै छोरीको भविष्यका लागि आयआर्जन गर्ने भनेर दुबई आएकी उनी अजमानमा कामका लागि उतै बस्दै आएकी थिइन् ।

    अजमानमा रहेको ‘द वान एण्ड ओन्ली वान मधु ब्युटी लन्ज फ्रिजोन’ कम्पनीमा ब्युटिसियनको रूपमा कार्यरत घिमिरेले केही समय पहिले आफ्नो श्रीमानलाई पनि यूएई बोलाएर काम खोजीदिएर सँगै बस्न सुरू गरेका थिए । मृतक राधिकाले आफ्नै माइती गाउँका नाताले भाई पर्ने थानेश्वर घिमिरेलाई समेत काम खोजेर केही दिन पहिला यूएई बोलाएकी थिइन् । उनीहरू ३ जना एकै ठाउँ बस्दै आएका थिए ।

    शनिबार कामबाट आफू बस्दै आएको कोठा फर्केर खाना बनाई श्रीमानसहित माइतको छिमेकी भाई थानेश्वरसहित सबैसँगै बसेर खाना खाएकी थिइन् । खाना खाएपछि एउटै फ्लाटमा बस्ने अन्य देशका सहकर्मीसहित बसेर राधिकाका श्रीमानले मदिरा सेवन गर्दै राधिकालाई पनि मदिरा पिउन भनिरहेका थिए ।

    तर, राधिकाले आफूलाई श्रीमानले चिट गरेको कुरा बताउँदै आएकी थिइन् । नेत्रले दोस्रो श्रीमतीको रूपमा राधिकालाई भित्र्याएको भनेपनि पछि आफू तेस्रो भएको थाहा पाएपछि आफूलाई किन झूट बोलेको भन्ने विषयमा विवाद भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ ।

    सोही विवादले उग्र रूप लिँदा घटना घटेको हुन सक्ने परिवारले आशंका गरेका छन् । घटनालगत्तै श्रीमान नेत्रप्रसाद सम्पर्कविहीन हुनुले शंका थपिएको हो । यद्यपि उनी पक्राउ परिसकेकोले सम्पर्कमा आउन नसकेको हुन सक्ने स्रोतको भनाइ छ ।

    दूतावास के भन्छ ?

    घटनाबारे नेपाली दूतावास आबुधावीलाई अनौपचारिक जानकारी भएको दूतावास स्रोतको भनाइ छ । घटना आइतबार ३ बजेको हो । रामदानको अन्तिम ईदुल फितरको अवसरमा यहाँ सार्वजनिक बिदा चलिरहेकोले घटनाबारे जानकारी आउन ढिलाई भएको हुन सक्ने दूतावासका अधिकारीले बताएका छन् ।

    Facebook Comments Box

    Authors

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    • रुपेश अधिकारी
      रुपेश अधिकारी

      झापा स्थायी घर भएका अधिकारी यूएईमा रहेर पत्रकारिता गर्दै आएका छन् । उनीसँग नेपालमा हुँदा रेडियो र विभिन्न पत्रपत्रिकामा काम गरेको अनुभव पनि छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.