Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Monday, April 27
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»सुनसरीमा तनाब : हवाइ फायर देखी पाँच वटा पालिकामा कर्फ्यु
    मेन स्टोरी

    सुनसरीमा तनाब : हवाइ फायर देखी पाँच वटा पालिकामा कर्फ्यु

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच वटा पालिकामा कर्फ्यु आदेश जारी गरेकाे छ ।

    यसअघि अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा लागू भएकोमा प्रशासन कार्यालयले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा पनि कर्फ्यु आदेश जारी गरेकाे हाे ।

    हिजो एसईई परीक्षाका क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समूहबीच झडप भएको थियो । निषेधाज्ञापछि पनि आज दिउँसो फेरि झडप भएको हो । हिजो स्थानीय जीवन मेहतामाथि कुटपिट भएको र घाइते मेहताको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    कर्फ्यु जारी भएका क्षेत्रमा भेला, प्रदर्शन, सभा–सम्मेलन, धार्मिक कार्य गर्न स्थानीय प्रशासनले रोक लगाएको छ । आदेशको अटेर गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।

    यसैबीच सुनसरीको हरिनगर क्षेत्र तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ । हरिनगर गाउँपालिकामा दुई समूहबीच झडप भएपछि अश्रुग्यास र ५० राउन्ड बढी हवाई फायर गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

    सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको बताउनुभयो । प्रत्यक्षदर्शीले केही व्यक्ति घाइते भएका बताए पनि यसबारेमा सुनसरी प्रहरीले थप जानकारी सार्वजनिक गरेको छैन । दुई समूहलाई शान्त रहन र संयमता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.