आबुधावी । नयाँवर्ष २०८१ को अवसरमा आबुधाबीमा सांगितिक कार्यक्रम हुने भएको छ । नेपाली डिउड आबुधावी र जात्रा इभेन्टस्को सयुक्त आयोजनामा हुने कार्यक्रममा कलाकार जोडी उदय सोताङ र मनिला सोताङले आफ्नो सांगितिक प्रस्तुती दिने छन् । आबुधाबीमा यो जोडीको पहिलो सांगीतिक प्रस्तुती हुदैछ ।
आबुधाबीस्थित टुरिस्ट क्लवमा रहेको खोस्रा रेस्टुरेन्ट एण्ड बारमा राखिएको कार्यक्रममा पारिवारीक प्याकेजमा सहभागी हुन सकिने नेपाल डिउड आबुधावीका निमा शेर्पाले जानकारी दिए ।

युएईको समय अनुसार अप्रिल १३ तारिख शनिबार (बैशाख १ ) साँझ ४ बजेदेखि ९ बजेसम्म हुने कार्यक्रममा नयाँवर्षको शुभकामना आदानप्रदान सहित सांगितिक तथा बुफेट डिनरमा समेत सहभागी हुन सकिने शेर्पाले हालखबरलाई बताए ।

२०१५ मा स्थापना भएको नेपाली डिउड आबुधावीले आबुधाबीमा हरेक हप्ताको मंगलबार र शनिबार नेपाली नाइटको आयोजना गदै आएको छ ।यस् पटकको कार्यक्रममा नेपालकी चर्चित डिजे शेर्पेनी समेत कार्यक्रममा आउने भएकी छन ।
साथै हरेक महिना युएईमा रहेका नेपाली स्थानीय तथा नेपालबाट विभिन्न कलाकारलाई ल्याएर सागीतिक कार्यक्रम गर्दै आएको जात्रा इभेन्टका शिभ श्रेष्ठले जानकारी दिए । निमा शेर्पा मिगुर शेर्पाको नेपाल डिउड र शिव श्रेष्ठको जात्रा इभेन्ट समुह अहिले आबुधावीमा एक भएर कार्यक्रम गर्न लागेका हुन ।