आबुधावी । कैलालीको लम्किचुहा नगरपालिका–३ चिसापानी बस्ने ३० वर्षीय लोकेन्द्र शाही ३ बर्ष युएईमा रोजगारी गर्थे । युएईमा रहदा उनले पानीजहाजमा लाइफगार्डको रुपमा काम गर्थे । ‘लाइफगार्ड गर्न पौडिन जानेको हुनुपर्छ, लाइभगार्डका लागि बिभिन्न तालिमहरु समेत दिने गरिन्छ, हामी सगैं काम गरेका हौ’, एउटै कम्पनीमा कार्यरत कन्चनपुरका जगत धामीले भने ।
तर अरब सागरमा काम गरेर फर्किएका लोकेन्द्र रमाइलोका लागि साथीहरुकै लहलहैमा कर्णालीबाट हाम फाल्दा त्यहीँ बिलाए।
छिमेकीहरुपनि लोकेन्द्र पौडी खेल्न सिपालु भएकी स्विकार्छन । कर्णाली पुलबाट हाम फाल्दा शरीरमा पानीले चोट लागेपछि पौडिन नसकेर डुबेको अनुमान उनिहरुको छ ।
होली मनाउने क्रममा सोमबार दिउँसो कैलालीको लम्किचुहा नगरपापलिका ३– चिसापानीस्थित कर्णाली नदीमा १७ जना युवा हामफालेका थिए।
तीमध्येका कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखी स्थायी घर भई कैलालीको लम्किचुहा नगरपालिका–३ चिसापानी बस्ने ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए। तीन दिनपछि बिहीबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कैलाली प्रहरीका इन्स्पेक्टर लोकेन्द्रसिंह कार्कीका अनुसार शाहीको शव टीकापुरको सन्कट्टी घाटमा भेटिएको हो। उनले पुलबाट रमाइलो मान्दै फोटो सुट गर्दै पौडी खेल्न नदीमा हाम फालेका थिए।
