काठमान्डौ । वैदेशिक रोजगार बोर्ड र वीर अस्पतालको सहकार्यमा सुरु भएको टेलिमेडिसिन सेवामा एकबर्षमा ९ सय ४४ जनाले सेवा लिएका छन ।
टेलिमेडिसिन सेवा मार्फत अहिले सम्म सबै भन्दा धेरै २ सय ७७ जनाले साउदी अरबबाट सेवा लिएका छन । त्यस्तै २०७९ चैत देखि सुरु टेलिमेडिसिन सेवा मार्फत युएईबाट हाल सम्म ९७ जनाले सेवा लिएको तथ्याकंमा उल्लेख् छ ।
टेलिमेडिसिन सेवामा कतारमा कार्यरत १ सय ४ जना,कुवेत बाट ७१ जना, कोरियाबाट ५७ जना, बहराइन बाट १२ र ओमानमा कार्यरत १० जना नेपाली श्रमिकले सेवा लिएको श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।
टेलिमेडिसिन सेवामा औषधी, अप्रेसन, हाडजोर्नी, नाक कान घाटी, आँखा, छाला तथा मनोचिकित्सक, (मनोपरामर्ष) दात तथा म्रिगौला किड्नी सम्बन्धी समस्याका बिषयमा सेवा उपलब्ध छन ।
बिदेशको कुनै पनि ठाउँमा स्वास्थ्य समस्यामा परेका नेपाली नागरिकले टेलिमेडिसिन सेवाका लागि स्वास्थ्यसेवा सम्बन्धी कुनै समस्या परेको बेला ९८५१३४५७०२,९८५१३४५७०१ संपर्क गरेर चिकिस्तकको टोलीसँग स्वास्थ्य सुझाव लीन सकिन्छ ।
श्रम मन्त्रालयले सेवा लिनेको मुलुकगत तथ्यांक र टेलिमेडिसिन सेन्टरको तथ्याकं सार्वजनिक गर्दै सेवालाई थप प्रभावकारी बनाउन बिदेशमा कार्यरत श्रमिक सम्म सूचनाको पहुच बढाउनु पर्ने कार्ययोजना बनाएको छ ।
