Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Monday, April 27
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»रास्वपाले इलाम–२ को उपचुनावलाई प्रतिष्ठाको बिषय बनाउने
    मेन स्टोरी

    रास्वपाले इलाम–२ को उपचुनावलाई प्रतिष्ठाको बिषय बनाउने

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को उपचुनावलाई प्रतिष्ठाको विषय बनाएको छ ।

    नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त भएको इलाम २ मा १५ वैशाखमा उपचुनाव हुँदैछ । २४ चैतमा उम्मेदवारी दर्ताको समय दिइएको छ । रास्वपाले १७ गते उम्मेदवार घोषणा गर्दैछ ।

    निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेदेखि नै रास्वपाले इलाममा निरन्तर गतिविधि गरिरहेको छ । १४ फागुनमा बसेको पार्टीको सचिवालय बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी कमाण्डर बनाएर पठाएको थियो ।

    त्यसपछि इलाम–२ का ६ स्थानीय तहमा मतदाताको धारणा बुझ्न सोबिता गौतम, गणेश पराजुली, मनिष झा, असिम साह, अशोक चौधरी र हरि ढकाललाई खटाएको थियो । उम्मेदवारका लागि खुला आह्वान गरेको रास्वपाले आगामी शनिबार इलाममै कार्यक्रम गरेर उम्मेदवारी घोषणा गर्ने तयारी गरेको छ ।

    उम्मेदवारी घोषणासँगै सिंगो रास्वपा इलाम २ मा केन्द्रित हुने उपसभापति स्वर्णिम वाग्लेले बताए । ‘चुनाव लोकतान्त्रिक उत्सव पनि हो र रणनीतिक रुपमा भन्दा एउटा ठूलो महासंग्राम पनि हो’, रास्वपाले शनिबार काठमाडौंमा गरेका कार्यक्रममा वाग्लेले भने, ‘चैत १७ पछि अर्को एक महिना त्यो उम्मेदवारलाई नजिताएसम्म रास्वपालाई अन्य कुरामा बरालिने छुट छैन ।’

    सके भौतिक रुपमा उपस्थित हुन, नभए फेसबुक, ट्वीटर सहितका सञ्जालमार्फत माहौल बनाउन आग्रह गर्दै उनले भने, हाम्रो उम्मेदवारलाई शानदार मतका साथ बिजयी गराएर संसदमा छिराउन सक्यौं भने २० बाट २१, २१ बाट २२ र २२ बाट १५० को हाम्रो यात्रा तय हुन्छ ।’

    ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा २० सिट जितेको रास्वपाले १० वैशाख २०८० मा भएको उपनिर्वाचनमा चितवन २ जोगायो भने तनहुँ १ मा जितेर थप एक सिट थपेको थियो ।

    दोहोरो नागरिकता प्रकरणमा सांसद पद गुमाएका रवि चितवन २ मा पुनः निर्वाचित भएका थिए भने नेपाली कांग्रेसबाट निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली भएको तनहुँ–१ बाट रास्वपाको २१ औं सांसदका रुपमा स्वर्णिम निर्वाचित भएका थिए ।

    इलाम २ को उपचुनाव जिते २०८४ मा १५० सिट जितेर बहुमतको सरकार बनाउने आधार तयार पार्ने भन्दै रास्वपा उपसभापति वाग्लेले भने, ‘इलाम-२ लाई जित्यौं र २२ औं सांसदलाई प्रवेश गराउन सक्यौं भने २०८४ का लागि मार्गप्रशस्त गरिदिनेछ । त्यो उत्साह उमंग कसैले रोकेर रोकिने छैन ।’

    कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले पनि इलामको चुनाव पार्टीका लागि महत्वपूर्ण भएको बताए । उनले सदनमा प्रतिपक्षमा बस्दा खेलेको भूमिका र अहिले सरकारमा गएर गरेको कामकै बलमा चुनाव जित्ने आशा राखेको बताए ।

    ‘इलाममा आउँदै गरेको निर्वाचन कामको बलमा जित्ने हामीले आशा राखेका छौं’, उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले भने, अहिले हामीले गरेको कामले नेपाली जनताले थाहा पाउन् कि यिनलाई अझै शक्तिशाली बनायो भने यिनीहरुले काम गर्छन् भन्ने थाहा पाउन् ।’

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.