Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    २ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    २ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    २ महिना अगाडि
    Facebook Twitter Instagram
    Friday, June 5
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»खेलकुद»आजदेखि आईपीएल, चेन्नई र बेंगलुरू भिड्दै
    खेलकुद

    आजदेखि आईपीएल, चेन्नई र बेंगलुरू भिड्दै

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ आजदेखि भारतमा सुरु हुँदैछ । १७ औं संस्करणको आईपीएलको पहिलो खेलमा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति ८ : १५ मा सुरु हुनेछ ।

    यस सिजनदेखि महेन्द्रसिंह धोनीले चेन्नईको कप्तानी गर्ने छैनन् । आईपीएलको सर्वाधिक सफल टोली चेन्नई धोनीको कप्तानीमा १४ संस्करणमा सहभागीता जनाउँदा पाँच पटक उपाधि जितेको थियो ।

    कुल १० फाइनल खेलेको चेन्नई दुई पटक मात्रै प्लेअफमा पुग्न सकेको थिएन । धोनीको यो अन्तिम आईपीएल सिजन हुँदा नेतृत्वमा युवा ओपनर ऋतुराज गायकवाडलाई तयार पार्न चाहन्छन् ।

    यता बेंगलुरुको कप्तानी फाफ डु प्लेसिसले गर्नेछन् । टोलीमा स्टार खेलाडी अनुबन्ध गरे पनि उपाधि हालसम्म जितेको छैन । बेंगलुरुमा ग्लेन म्याक्सवेल, डु प्लेसिस र विराट कोहली प्रमुख ब्याटर हुन् । मोहम्मद शिराज र लोकी फर्गुसन प्रमुख बलर हुन् ।

    उता चेन्नईको कप्तानी ऋतुराज गायकवाडले गर्नेछन् । युवा ओपनर गायकवाडलाई विकेट किपर धोनीले नेतृत्वमा सहयोग गर्नेछन् । न्युजिल्यान्डका दुई अलराउन्डर डर्याल मिचेल र रचिन रविन्द्रले चेन्नईको टोलीमा डेब्यू गर्ने सम्भावना छ ।

    शिवम दुबे, धोनी, रविन्द्र जडेजा लगायतका भारतीय खेलाडी छन् । दीपक चाहर प्रमुख तीव्र गतिका बलर हुन् । आईपीएलमा चेन्नई र मुम्बई इन्डियन्सले सर्वाधिक ५–५ पटक उपाधि जितेका छन् ।

    कोलकाता नाइट राइडर्स २, डेस्कन चाजर्स, गुजरात टाइटन्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले १–१ उपाधि जितेका छन् ।

    मुम्बईलाई पाँच पटक उपाधि जिताउने रोहित शर्मा पनि यस पटक कप्तानमा हुनेछैनन् । मुम्बईको कप्तानी हार्दिक पान्ड्याले गर्नेछन् ।

    दिल्लीका विकेटकिपर ऋषभ पन्त २०२२ डिसेम्बरमा कार दुर्घटनापछि पहिलो पटक क्रिकेटमा आईपीएल मार्फत फर्किदैछन् ।

    अक्सनमा २४ करोड ७५ लाख भारु पाएका मिचेल स्टार्कलाई कोलकाताबाट दाम अनुसार प्रदर्शन गर्नुपर्ने दबाब हुनेछ । त्यस्तै २० करोड ५० लाख भारु पाएका प्याट कमिन्सबाट हैदराबाद विश्वकप फाइनलमा भारतविरुद्ध जस्तै कप्तानी र प्रदर्शन चाहन्छ । एजेन्सी

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    २ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    २ महिना अगाडि

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    ४ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ७ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.