काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले कुवेतमा सवारी साधन दुर्घटनामा परी मृत्यू भएका अछामका सुरत बहादुर कडायतका परिवारसँग भेट गरेका छन ।
भेटमा सुरतका भाई झम्क बहादुर कडायतले शबलाई घरसम्म पुराउने व्यवस्था गरिदिन तथा गन्तब्य मुलुकबाट पाउने क्षतिपूर्ति रकम सहज रुपमा प्राप्त हुने व्यवस्था गरिदिन समेत आग्रह गरेका थिए ।
मन्त्री अर्यालले मन्त्रालयले आवश्यक प्रक्रियाको लागि वैदेशिक रोजगार बोर्डलाई निर्देशन दिएको बताए । साथै मृतक श्रमिकको परिवारले पाउने सेवा सुविधालाई जतिसक्दो छिटो भुक्तानी गरिने समेत प्रतिबद्धता व्यक्त गरे ।
सुरतको मंगलबार कुवेतमा कार दुर्घटना परी मृत्यू भएको थियो ।
Facebook Comments Box
