काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा भोलि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाए कांग्रेसको अल्पमतको सरकार बन्ने नेकपा एमालेका अध्यक्ष केपी ओलीले बताएका छन ।
यदि भोलि प्रधानमन्त्रीले विश्वासको मत नपाए देश दुर्घटनामा जाने उनले बताए । ‘बेष्ट अप्सन हो कि होइन भन्ने छोडिदिऊँ’ उनले भने, ‘यतिबेला अर्को कुनै अप्सन छैन । कि त प्रचण्डको नेतृत्वमा यो समीकरण कायम रहन्छ कि त ७६(३) अनुसार कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्छ भोलि ।’
अल्पमतको सरकार अयोग्य, स्वाभिमानहीन भवितव्यले आइलागेको हुने उनको दाबी छ ।
पार्टी संसदीय दलको मंगलबार बसेको बैठकमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले अहिले राम्रो काम गरेको बताए । ‘प्रधानमन्त्रीले पहिले एकदम नराम्रो काम गरेको हुनसक्छ, तर अहिले एकदम राम्रो काम गर्नुभयो’, एकडेढ वर्ष आफ्नो पदका लागि कुनै खतरा नभए पनि गठबन्धन बदल्ने निर्णय गरेको भन्दै उनले भने, ‘अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभयो ।’
