Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यूएई : सडकमा विवादपछि रस अल खैमाहमा तीन महिलाको गोली हानी हत्या, अभियुक्त पक्राउ

    २ हप्ता अगाडि

    यूएईमा प्रथम ‘बुढासुब्बा सेभेन ए साइड’ फुटबल प्रतियोगिता सम्पन्न, नखिल गोर्खा च्याम्पियन

    ३ हप्ता अगाडि

    दुबईमा श्रमिक सचेतना र सुरक्षित आप्रवासन सम्बन्धी ‘बृहत् संवाद कार्यक्रम’ हुँदै

    ३ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Sunday, May 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»राजनीति»रास्वपाले हरेक हप्ता सरकारको कामको समीक्षा गर्ने, स्वर्णिम र मुकुललाई जिम्मा दिईयो
    राजनीति

    रास्वपाले हरेक हप्ता सरकारको कामको समीक्षा गर्ने, स्वर्णिम र मुकुललाई जिम्मा दिईयो

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गर्दै सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सहयोग गर्ने निर्णय गरेको छ ।

    आज बसेको केन्द्रीय समितिको बैठकले सरकारको कार्य सम्पादनको आवधिक समीक्षा गर्ने र पार्टीका विविध मोर्चा (सरकार, संसद, संगठन) मा सल्लाह-सुझावका आधारमा सहयोगी टीमहरु गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन लाग्ने निर्णय भएको प्रवक्ता मुकुल ढकालले बताए ।

    बैठकले सरकारको कामबारे समीक्षा गर्न हरेक हप्ता पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री ढकाललाई जिम्मेवारी तोकेको छ । उनीहरूले पार्टीका मन्त्रीहरूसँग छलफल गरेर सरकारको कामको समीक्षा गर्नेछन् ।

    ढकालले भने, ‘सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गर्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई सहयोग गर्दै यस ऐतिहासिक अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरेको छ। साथै सरकारको कार्य सम्पादनको आवधिक समीक्षा गर्ने र पार्टीका विविध मोर्चा सरकार, संसद, संगठनमा सल्लाहको आधारमा सहयोगी टीमहरु गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने निर्णय गरेका छौं ।’

    पार्टीको केन्द्रीय अनुशासन आयोगमा दीपक अधिकारी र शान्ता थापा मनोनयन गरेको छ । यस्तै, बैठकले केन्द्रीय जनसम्पर्क विभाग गठन गर्ने निर्णय गरेको समेत उनले बताए ।

    विभागको प्रमुखमा इश्रामुल्ला मिया रहेका छन् भने सदस्यमा कुमारबहादुर थापा क्षेत्री रहेका छन् ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    यूएई : सडकमा विवादपछि रस अल खैमाहमा तीन महिलाको गोली हानी हत्या, अभियुक्त पक्राउ

    २ हप्ता अगाडि

    यूएईको नेपाली दुतावासद्वारा दुई दिने अतिरिक्त सेवा, ८०० जना भन्दा धेरै लाभान्वित

    ३ हप्ता अगाडि

    यूएईमा ‘नेपाल फेस्टिभलमा ’ देखिएको नेपाली मोह !

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    १ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    १ वर्ष अगाडि

    मानव तस्करी ‘गिरोह’का नाइके कोमलराजलाई दुबइमा पक्राउ गरी नेपाल ल्याइयो

    १ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.