Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»खेलकुद»साफ यू-१६ महिला फुटबलमा भारत सँग नेपाल १० – ० ले पराजित
    खेलकुद

    साफ यू-१६ महिला फुटबलमा भारत सँग नेपाल १० – ० ले पराजित

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । घरेलु मैदानमा साफ यू-१६ वुमन्स च्याम्पियनसिपको फाइनल खेल्दै उपाधि जित्ने नेपाली यू-१६ महिला फुटबल टिमको चाहना अधुरै रह्यो ।

    च्याम्पियनसिप अन्तर्गत बिहीबार भारतविरुद्ध नेपालको प्रदर्शन लज्जास्पद नै रह्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको टर्फ मैदानमा भएको खेलमा नेपाली टोलीले खेल्नै बिर्सेको हो कि जस्तो प्रदर्शन गर्‍यो ।

    नतिजा भारत १०-० ले विजयी भयो । एकपक्षीय जस्तै बनेको खेलमा आरामदायी जितपछि भारतले फाइनलमा बंगलादेशसँग भेट पक्का गर्दा नेपाल भने लिग चरणबाटै बाहिरियो । चार टोली सहभागी च्याम्पियनसिपमा नेपालको प्रदर्शन एक जित र दुई हार रह्यो ।

    प्रतियोगिताभर ३ खेल खेल्दा नेपालले जम्मा ३ गोल मात्र गर्न सक्यो भने १२ गोल बेहोर्‍यो । नेपाल गरेको गोल भुटान विरुद्ध थियो । बंगलादेशसँग पहिलो खेलमा नेपाल २-० ले पराजित भएको थियो ।

    भारतसँग फराकिलो हारपछि नेपाली यू-१६ महिला टोलीका मुख्य प्रशिक्षक चक्र तामाङ निराश देखिन्थे । उनले कम्तीमा पनि नेपाली युवा टोलीलाई फाइनल पुर्‍याउने लक्ष्य राखेका थिए । तर नेपालले जम्मा एक खेल मात्र जित्न सक्यो र फाइनल पुग्न असफल भयो ।

    भारतसँगको हारलाई प्रशिक्षक तामाङले नसोचेको प्रदर्शन रहेको बताए । ‘आज सोच्दै नसोचेको प्रदर्शन खेलाडीबाट भयो । सुरुमै तालमेल पनि मिलेन । बल हान्न पनि बिर्सेको जस्तो देखियो,’ तामाङले भने ।

    सुरुको १५ मिनेट सम्हालिएर खेल्ने लक्ष्य बनाए पनि त्यसमा सफल हुन नसकेको उनको भनाइ थियो । ‘सुरुको १५ मिनेट सम्हालिएर खेल्नुपर्ने उल्दै गोल खायो । आज दबाबै दबाबमा खेलाडीले सम्हाल्न सकेनन् । ९० मिनेट नै सम्हाल्न सकेनन् ।’

    भारत विरुद्ध जित्नैपर्ने खेल भएकोले प्रशिक्षक तामाङले नेपालको फर्मेसन पनि परिवर्तन गर्दै खेलाएका थिए । तर त्यो फर्मेसनले पनि काम गरेन । ‘फर्मेसन चेन्ज गर्दा पनि अली कठिन भयो । हामीलाई आज स्कोर पनि चाहिएको थियो । फाइनल पुग्न गोल गरेर जित्नुपर्ने थियो । डिफेन्ड पनि गर्नुपर्ने थियो । त्यसले ४-४-२ हामीले चेन्ज गरेर आज ४-१-४-१ मा खेलाएका थियौं, तर प्रशिक्षकको रणनीतिले काम भने गरेन ।’

    फर्मेसन परिवर्तन गर्दा नेपालले भारतविरुद्ध सुरुदेखि नै सम्हालिन पाएन । भारतले सुरुमा नेपालको क्षेत्रमा लगातार आक्रमण गर्दा नेपालको डिफेण्स निकै कमजोर देखिएको थियो ।

    भारतको टिम शारीरिक मानसिक सबै किसिमले बलियो रहेको र नेपाली टिमले दबाब लिएर खेलेको प्रशिक्षक तामाङले बताए ।

    ‘आज जित्न नसक्नुको मुख्य कारण भनेको खेलाडीमा नर्भसनेस र गोल नहुनुपर्ने समयमा गोल खानु हो । खेलाडीहरुले आफैंमा दबाब लिएर खेले । आफ्नै गल्तीमा गोल खायौं,’ उनले भने ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.