Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Friday, April 24
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»शालिन मृत्यु प्रकरण : ‘सुसाइड नोट’को अक्षर जाँच गरिँदै
    मेन स्टोरी

    शालिन मृत्यु प्रकरण : ‘सुसाइड नोट’को अक्षर जाँच गरिँदै

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी बालिकाको कोठामा भेटिएको ‘सुसाइड नोट’ पनि प्रहरीले जाँच गर्ने भएको छ ।

    शालिनका बाबुले उक्त नोटमाथि आशंका गरेपछि प्रहरीले ‘सुसाइड नोट’को नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गर्ने भएको हो ।

    स्काउटको डोरीमा कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा १४ वर्षीया शालिन पोखरेलको शव होस्टलको कोठामा भेटिएको थियो ।

    ‘किशोरीको पुरानो नोट बुकहरु मगाएर सुसाइड नोट पनि ल्याबमा पठाइसकेका छौं, सम्भवतः आजै साँझ वा भोलिसम्ममा रिपोर्ट आउँछ’, प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘प्रहरी यो घटनाको अनुसन्धानमा एकदमै संवेदनशील छ ।’

    गृह मन्त्रालय स्रोतका अनुुसार, आवश्यक परे यसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीलाई पनि खटाउने गरी प्रहरी हेडक्वार्टरलाई निर्देशन भएको छ । प्रहरीले भने संवेदनशीलतालाई मध्यनजर गर्दै शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाएको जनाएको छ ।

    काठमाडौंमा भएको पोष्टमार्टमको प्रतिवेदन समेत तयार भइसकेको छ । जसमा झुण्डिएका कारण मृत्यु भएको उल्लेख छ ।

    किशोरीको परिवारका सदस्यले बलात्कार भएको आशंका गरेपछि प्रहरीले यसमा पीडितको संवेदनशील अंगको पनि जाँच गरेको थियो । तर, त्यस्तो कुनै संकेत नदेखिएको रिपोर्टमा उल्लेख छ ।

    उनका बुबा दीपेन्द्र पोखरेल र आमा सगुन पोखरेलबीच सम्बन्ध विच्छेद भएपछि शालिन रत्ननगर नगरपालिका–१५, माधवपुरमा रहेको मामाघरमा हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् । पछिल्लो समय उनलाई मावलीले विद्यालयको होस्टलमा राखिदिएका थिए ।

    घटनापछि चितवन पुगेका शालिनका बाबु दीपेन्द्रले प्रहरीसमक्ष किटानी जाहेरी दिएका थिए । त्यसपछि विद्यालयका प्रिन्सिपल ६० वर्षीय बालहरि देवकोटा, सहायक प्रिन्सिपल ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेल पक्राउ परेका थिए ।

    उनीहरु तीनै जनाविरुद्ध प्रहरीले ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद लिएको थियो ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.