Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा रुपन्देहिका दुइ डोजाङ क्रमशः प्र्थम र द्वितिय

    २ हप्ता अगाडि

    सार्वजनिक यातायात बन्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

    २ हप्ता अगाडि

    इरानबाट उद्धार गरिएका २ नेपाली दिल्ली आइपुगे

    २ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Wednesday, July 9
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»उर्जा/पर्यटन»तेस्रो लगानी सम्मेलनमा स्पेनी लगानीकर्ताहरूलाई सहभागी गराउन प्रयासरत छौ : राजदुत पराजुली
    उर्जा/पर्यटन

    तेस्रो लगानी सम्मेलनमा स्पेनी लगानीकर्ताहरूलाई सहभागी गराउन प्रयासरत छौ : राजदुत पराजुली

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ — तेस्रो लगानी सम्मेलनमा स्पेनी लगानीकर्ताहरूलाई सहभागी गराउन आफुहरु प्रयासरत रहेको स्पेन स्थित नेपाली दुतावासले जनाएको छ । सम्मेलनमा सहभागिता जनाउन स्पेनी लगानीकर्ताहरूलाई आग्रह सहित बिशेष कार्यक्रम गरी निमन्त्रणा गरिएको स्पेनका लागि नेपाली राजदुत शर्मिला ढकाल पराजुलीले बताइन ।

    स्पेनको राजधानी म्याड्रिडमा बुधबार स्पेन चेम्बर अफ कमर्सका लगानीकर्ताहरूसँग भेटवार्ता गर्दै स्पेनका लागि नेपाली राजदूत पराजुलीले लगानी सम्मेलनमा सहभागिताका लागि आग्रह गरेकी हुन् ।

    नेपालमा आगामी अप्रिल २८ र २९ मा तेस्रो लगानी सम्मेलन हुँदैछ । त्यसका लागि विदेशीस्थित नेपाली नियोगहरूले आ–आफ्ना मुलुकमा सम्भावित लगानीकर्ताहरूलाई नेपालमा आएर भाग लिनका लागि आग्रह गर्न थालेका छन् । सोही क्रममा स्पेनमा रहेको नेपाली दुतावासले काम सुरु गरेको हो ।

    उक्त कार्यक्रममा स्पेन चेम्बर अफ कमर्सका अध्यक्ष जोसे लुइस बोनेट र प्रमुख कार्यकारी अधिकृत इनमाकुलादा रिइकाले राजदूत पराजुलीलाई स्वागत गरेका थिए । उक्त अवसरमा स्पेनका मन्त्रालय, नीति लगानीकर्ताहरूको पनि उपस्थित रहेको थियो । उक्त भेटवार्तामा दुई मुलुकबीचमा व्यापार, पर्यटन, प्राविधिक सहकार्य, बिधुत तथा अन्य विषयमा काम गर्न सकिने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।

    राजदूत पराजुलीले स्पेनी लगानीकर्ताहरूलाई नेपालमा लगानीको सम्भावनाको बारेमा जानकारी दिइन् । साथै, उनले नेपालको विदेश नीति बारे प्रस्टाएकी थिईन । सबैसँग मित्रवत व्यबहार गर्ने बिदेशी निती बारे उल्लेख गर्दै उनले नेपालमा सेवा क्षेत्रसहित पर्यटन, नवीन उर्जा, विधुत र ग्रीन हाइड्रोजनमा सम्भावना भएको बताइन् । दूतावासका द्वितीय सचिव अर्जुन अधिकारीले नेपालमा गर्न सकिने लगानीका बारेमा प्रस्तुति समेत दिएको नेपाली दुतावास स्पेनले जारी गरेको सूचनामा उल्लेख छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा रुपन्देहिका दुइ डोजाङ क्रमशः प्र्थम र द्वितिय

    २ हप्ता अगाडि

    सार्वजनिक यातायात बन्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

    २ हप्ता अगाडि

    इरानबाट उद्धार गरिएका २ नेपाली दिल्ली आइपुगे

    २ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    १ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    १ वर्ष अगाडि

    मानव तस्करी ‘गिरोह’का नाइके कोमलराजलाई दुबइमा पक्राउ गरी नेपाल ल्याइयो

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.