Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»राजनीति»राष्ट्रिय सभा अध्यक्षमा माओवादीका तीन आकांक्षी
    राजनीति

    राष्ट्रिय सभा अध्यक्षमा माओवादीका तीन आकांक्षी

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ । माओवादी केन्द्रको स्थायी समितिले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेसँगै आकांक्षी सांसदहरुले सक्रियता बढाएका छन् । नेताहरुका अनुसार राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालसँगै राष्ट्रियसभा सदस्यहरु झक्कुप्रसाद सुवेदी र नारायण दाहाल अध्यक्षका आकांक्षी हुन् ।

    बुधबार माओवादी स्थायी समितिले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो । नेताहरुका अनुसार माओवादीले राष्ट्रिय सभा अध्यक्ष पाउँदा अर्याल सबभन्दा बलियो उम्मेदवार हुन् ।

    १२ माघ २०७८ मा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेश प्रदेशबाट निर्वाचित अर्याल २३ माघ २०७९ मा उपाध्यक्षमा सर्वसम्मत चयन भएकी थिइन् ।

    अर्याल सर्वस्वीकार्य हुनसक्ने भएकाले उनलाई उम्मेदवार बनाउनुपर्ने मत माओवादीमा बलियो छ । उनलाई उम्मेदवार बनाउँदा विवाद नगर्ने भनेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समेत वचन दिएका छन् ।

    तर केहीले भने उनको कार्यकाल चार वर्ष मात्र भएकाले झक्कुप्रसाद सुवेदीलाई विकल्पका रुपमा अघि सारेका छन् ।

    सुवेदी ११ माघ २०७९ मा भएको राष्ट्रिय सभाको चुनावमा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए । २१ फागुनमा सपथ लिने उनको कार्यकाल ६ वर्ष हुनेछ ।

    सुवेदी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–२ मा तत्कालीन एमाले नेता माधवकुमार नेपाललाई पराजित गरेर चर्चामा आएका थिए । यसपटक उनी राष्ट्रिय सभामा आएका हुन् ।

    सुवेदीलाई राष्ट्रियसभा अध्यक्ष बनाउन लविइङ गरेका नेताहरुले उर्मिला अर्याललाई मन्त्री बन्न प्रस्ताव राखेका छन् । माओवादीले अध्यक्ष लिँदा उपाध्यक्ष छाड्नुपर्छ । राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमा फरक/फरक दलको हुनुपर्छ ।

    उपाध्यक्ष अर्याललाई राजीनामा गराएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउनुपर्ने नेताहरुको तर्क छ । अर्याल, झलनाथ खनाल नेतृत्वको एमाले–माओवादी नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री थिइन् ।

    तर अहिले अर्याल मन्त्री लिएर उपाध्यक्ष छाड्न तयार नभएको नेताहरु बताउँछन् । अर्याल आफैं भने नेतृत्वले गर्ने निर्णय आफ्नो पनि निर्णय हुने बताउँछिन् । ‘गठबन्धन छ, त्यहाँ निर्णय होला । त्यसपछि पार्टी छ, नेतृत्व छ’ उनी भन्छिन्, ‘सबैतिरबाट विवेकसम्मत निर्णय आउँछ भन्ने विश्वास मलाई छ ।’

    माओवादी नेताहरुका अनुसार राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य नारायण दाहाल पनि अध्यक्षका आकांक्षी छन् । २५ चैत २०७९ मा तत्कालीन राष्ट्रपतिबाट मनोनित सांसद दाहाल, प्रधानमन्त्री प्रचण्डका नाताले भाइ हुन् ।

    माओवादीमा राष्ट्रियसभा अध्यक्षका लागि अरु केही नेताको नाम पनि चर्चामा छ ।

    स्रोतका अनुसार नेताहरुबीच भएका कतिपय छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने विकल्प पनि आएको थियो । यसले राष्ट्रियसभा अध्यक्ष बन्न नपाएका नेपाली कांग्रेसका कृष्ण सिटौलालाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउने बाटो खुल्ने उनीहरुको तर्क थियो ।

    तर श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालमै राष्ट्रिय सभा अध्यक्ष बन्न अस्वीकार गरेकाले यो पटक उनीसम्म कसैले प्रस्ताव नै लगेनन् ।

    बरु श्रेष्ठले गंगा बेलवासेको नाम लिएका छन् । बेलवासे २०७६ सालमा भएको चुनावमा बागमती प्रदेशबाट बेलवासे राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन् । उनको कार्यकाल दुई वर्ष मात्र बाँकी रहेकाले सम्भावना कम रहेको नेताहरु बताउँछन् ।

    माओवादीमा नेता सुरेश आले मगरलाई राष्ट्रिय सभा अध्यक्ष बनाउनुपर्ने मत पनि छ ।

    आले आफैं भने गठबन्धनमा निर्णय भएपछि मात्र नेतृत्वले उम्मेदवार टुंगो लगाउने बताउँछन् ।

    राष्ट्रियसभाको ठूलो दल भएको र प्रधा नमन्त्री पद छाडेका दिन संवैधानिक परिषदमा माओवादीको उपस्थिति शून्य हुने भएर राष्ट्रिय सभा अध्यक्षमा दाबी गरेको भन्दै उनले भने, ‘गठबन्धनबिना निर्णय कार्यान्वयन हुँदैन । गठबन्धनले निर्णय गरेको खण्डमा एकसेएक योग्य सांसदहरु हुनुहुन्छ ।’

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.