Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»खेलकुद»वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल जोर्डनसँग भिड्ने
    खेलकुद

    वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल जोर्डनसँग भिड्ने

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि नेपाल आज जोर्डनसँग भिड्ने छ । खेल नेपाली समय अनुसार राति पौने १० बजे जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ ।

    नेपाल र जोर्डन दुई फरकस्तरका टोली हुन् । पहिलोपटक वाफको प्रतियोगितामा सहभागी नेपालले फाइनलमा त्यस्तो प्रतिस्पर्धी पाएको छ, जसले अहिलेसम्म भएका ७ मध्ये ५ संस्करणको उपाधि जितेको छ । जोर्डन डिफेण्डिङ च्याम्पियन समेत हो ।

    अर्कोतर्फ यस प्रतियोगिता खेलेका ८ टिममध्ये जोर्डन सबैभन्दा माथि ७३ औं स्थानमा छ । नेपाल भने १०५ औं स्थानमा छ ।

    सन् २००५ मा सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपको सुरुआती दुई संस्करण जितेको जोर्डनले २०१४ देखि पछिल्ला तीन संस्करणको उपाधि समेत जितेको थियो ।

    जोर्डनले २०१४ र २०१८ मा एएफसी वुमन्स एसिया कप समेत खेलेको थियो । यस्तै तीनपटक एसियन गेम्स खेलेको छ ।

    नेपालले भने अहिलेसम्म खेलेको सबैभन्दा ठूलो प्रतियोगिता एसियाली खेलकुद हो । असोजमा चीनको हान्झाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले विश्वकप खेलिसकेको जापान र भियतनाम जस्ता टोलीसँग खेल्ने अवसर पाएको थियो ।

    नेपालले एएफसी वुमन्स कप भने खेलेको छैन । जोर्डनलाई पराजित गर्दै नेपाल पहिलो पटक महिला फुटबलको अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यमा छ ।

    यद्यपि नेपाली टोलीकी मुख्य सदस्य सावित्रा भण्डारी साम्बा भने फाइनल खेलमा उपस्थित हुने छैनन् । जारी प्रतियोगितामा एक ह्याट्रिकसहित सर्वाधिक ९ गोल गरिसकेकी सावित्रा फ्रेन्च क्लब इए गुइगाम्पको खेलका कारण फ्रान्स फर्कनु परेपछि नेपालको फाइनल खेल गुमाउने भएकी हुन् ।

    युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी सावित्रा नेपाली राष्ट्रिय टिमले आफैं इतिहास बनाउन लाग्दा भने टिमसँग नहुने भएकी हुन् ।

    सावित्रा नभए पनि फुटबल टिम गेम भएकोले नेपाली टिमका अन्य खेलाडीहरुका लागि अब सावित्रा जस्तै चम्कने अवसर समेत छ ।

    सावित्राले समूह चरणमा सिरियाविरुद्ध १, इराकविरुद्ध ४ तथा प्यालेस्टाइनविरुद्ध २ गोल गरेकी थिइन् । यस्तै सेमिफाइनलमा लेबनानविरुद्ध १ गोल गरेकी थिइन् ।

    सावित्रापछि नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी छन् । अमिसा कार्की, अनिता बस्नेत, प्रीति राई र गीता रानाले समान एक/एक गोल गरेका छन् ।

    नेपाल र जोर्डनको फाइनल यात्रा

    नेपाल र जोर्डन फाइनलसम्म आइपुग्दा अपराजित छन् । दुवैले खेलेका चारै खेल जितेका छन् ।

    नेपालले अहिलेसम्म १५ गोल गर्दा २ गोल बेहोरेको छ । समूह चरणमा नेपालले सिरियालाई ४-१ ले, इराकलाई ५-० ले तथा प्यालेस्टाइनलाई ४-० ले पराजित गरेको थियो ।

    यस्तै सेमिफाइनलमा लेबनानविरुद्ध एक गोलले पछि पर्दै पुनरागमन गरेर २-१ ले खेल जितेको थियो ।

    उता जोर्डनले जम्मा एक गोल मात्र बेहोरेको छ भने १३ गोल गरेको छ । जोर्डनले साउदी अरेबियालई ३-१ ले, ग्वामलाई ३-० र लेबनानलाई २-० ले पराजित गरेको थियो । सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनलाई ५-० ले पराजित गरेको थियो ।

    जारी प्रतियोगितामा नेपालकी सावित्रा भण्डारीले सर्वाधिक ९ गोल गरेकी छन् । यस्तै जोर्डनकी मायसा जेबाराहले ५ तथा ग्वामकी मारिएह र लेबनानकी लिली स्कान्दरले समान तीन/तीन गोल गरेका छन् ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.