Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»प्रधानमन्त्री उपस्थित हुने र्‍यालीमा विद्यार्थी-शिक्षकलाई भरतपुर महानगरको उर्दी
    मेन स्टोरी

    प्रधानमन्त्री उपस्थित हुने र्‍यालीमा विद्यार्थी-शिक्षकलाई भरतपुर महानगरको उर्दी

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    चितवन । फागुन १८ गते शुक्रबार तामझामसहति उद्घाटन गर्न लागेको भरतपुर भ्रमण वर्ष २०२४ को बिहान हुने र्‍यालीमा महानगरभरीका विद्यालयलाई विद्यार्थी र शिक्षक ल्याउन पत्र काटेको छ ।

    भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले पत्र पठाएर नगरपालिका भरिका सामुदायिक र संस्थागत विद्यालयलाई कक्षा ९ देखि १२ सम्मका विद्यार्थी र माध्यामिक तहमा पढाउनेलाई र्‍यालीमा सहभागी गराउन सम्बन्धित विद्यालयलाई पत्राचार गरेका हुन् ।

    पत्रमा विद्यालय बन्द गराउनु भन्ने शब्द नै नभएपनि माध्यामिक तहका शिक्षक र ९ कक्षामाथिका विद्यार्थीसहित आउनु भन्नुले माध्यामिक तहको पढाइ बन्द गरेर आउनु भनेको बुझिन्छ । जसका कारण विद्यार्थीको पठनपाठन प्रभावित हुने भएको छ ।

    शुक्रबार बिहान ११ बजेदेखि महानगरले २९ वटै वडाका विभिन्न स्थानमा भेला भएर झाँकी र्‍यालीसहित दिउँसो हुने उद्घाटनमा सहभागी हुन आह्वान गर्नुका साथै तयारी पनि गरेको छ ।

    प्रधानमन्त्री प्रचण्डले शुक्रबार १ बजे नारायणी किनारामा भरतपुर भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महानगरले भ्रमण वर्षलाई भव्य बनाउन भन्दै नारयणी नदी किनाराको बालुवामा दुबो रोप्ने, रंगरोगन गर्ने लगायतका काम गरेर नदी किनार श्रृङ्गार गरेको छ भने निजी संघ संस्थाहरुसँग पनि समन्वय गरेर भ्रमण वर्ष सफल बनाउन विभिन्न कार्यक्रम गर्ने तयारी समेत गरेको छ ।

    महानगर भित्रका पर्यटकीय स्थलहरु पहिचान गरी भ्रमण वर्ष सफल बनाउन तयारी गरिएको पत्रकार सम्मेलनमार्फत पनि महानगरले जानकारी गराइसकेको छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.