Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»रुसी सेना भर्ती भएका नेपालीको परिवार मिडियामा बोलेको भन्दै रिसाए परराष्ट्रमन्त्री
    मेन स्टोरी

    रुसी सेना भर्ती भएका नेपालीको परिवार मिडियामा बोलेको भन्दै रिसाए परराष्ट्रमन्त्री

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद रुसी सेनामा काम गर्दा ज्यान गुमाएका र घाइते भएका नेपालीका आफन्तसँग रिसाएका छन् ।

    मृतक परिवारलाई राहत, घाइतेको उपचार र वेपत्ताको अवस्था सार्वजनिक गर्न माग गर्दै मंगलबार परराष्ट्र मन्त्रालयमा पुगेका पीडित परिवार र आफन्तसँग मन्त्री साउदले घटना सञ्चार माध्यममा सार्वजनिक गरेको भन्दै रिसाएका हुन् ।

    रुसी सेनामा ज्यान गुमाएका र घाइते भएका पीडित परिवारका सदस्यलाई लिएर परराष्ट्र मन्त्रालय पुगेकी कृतु भण्डारीका अनुसार मन्त्री साउदले पीडित परिवारले सञ्चार माध्यममा बोलेको विषयमा आपत्ति जनाएका थिए ।

    ‘हामी मन्त्री समक्ष मृतक परिवारलाई राहत, घाइतेलाई उपचार र वेपत्ताको अवस्था सार्वजनिक तथा रुस सेनामा गएकाहरुलाइ उद्धार गरिदिन भनेर मागहरु राख्न गएका थियौं’, उनले भनिन्, ‘तर मन्त्रीज्यूले पीडित परिवारका मागहरु सुन्ने भन्दा पनि उल्टै मिडियामा किन गएको र परिवारहरु संगठित किन भएको भनेर आक्रोश पोख्नुभयो ।’

    रुसी सेनामा गएर वेपत्ता, घाइते र मृत्यु भएका गरी ३१ जना नेपालीको परिवारका सदस्य मन्त्रीसँग छलफलका लागि पुगेका थिए । मन्त्री साउदले पीडित परिवारले राखेका मागका विषयमा छलफल गर्नुभन्दा पीडित परिवारमाथि नै खनिएको भण्डारीले सुनाइन् ।

    ‘तपाईंहरु मनलाग्दी विवरणहरु सार्वजनिक गर्ने र मिडियाबाजी गर्ने भन्दै मन्त्रीज्यूले छलफल अवधिभर परिवारहरु माथि आक्रोश पोखिराख्नु भयो’, उनले भनिन् ।

    गत शनिबार पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानले हालसम्म रुसी सेनामा गएका र परिवारको सम्पर्कमा रहेकाहरुको विवरणका आधारमा मृतक र भर्ती हुनेको अनौपचारिक तथ्यांक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए । सोही विषयलाई मन्त्रीले पीडित परिवारसँग आक्रोश पोखेका भण्डारीको भनाइ छ ।

    छलफलमा रुसी सेनाका कार्यरत रहेर मृत्यु भएका, घाइते, बेपत्ता र उद्धारको पर्खाइमा रहेका नेपालीको परिवारका सदस्यले मन्त्रीसँग आफ्नो समस्या राखेका थिए ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.