Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यूएई : सडकमा विवादपछि रस अल खैमाहमा तीन महिलाको गोली हानी हत्या, अभियुक्त पक्राउ

    २ हप्ता अगाडि

    यूएईमा प्रथम ‘बुढासुब्बा सेभेन ए साइड’ फुटबल प्रतियोगिता सम्पन्न, नखिल गोर्खा च्याम्पियन

    ३ हप्ता अगाडि

    दुबईमा श्रमिक सचेतना र सुरक्षित आप्रवासन सम्बन्धी ‘बृहत् संवाद कार्यक्रम’ हुँदै

    ३ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Sunday, May 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»आर्थिक»कतारका अमिरको नेपाल भ्रमण : नेपालले हात्तीका दुईवटा छावा उपहार दिने
    आर्थिक

    कतारका अमिरको नेपाल भ्रमण : नेपालले हात्तीका दुईवटा छावा उपहार दिने

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दोहा । अप्रिल तेस्रो साता कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने निस्चित भएको छ । त्यस क्रममा  नेपालले कतारलाई दुई वटा हात्तीका छावा दिने भएको अधिकारीहरूले जनाएका छन्। केही वर्षअघि नेपालले कतारलाई नेपालमा पाइने एक प्रकारको बाज उपहार दिने प्रस्ताव गरेको थियो।

    त्यस बेला कतारी राजदरबारले त्यसलाई स्वीकार गरे पनि नेपालमै मन्त्रालयहरूबीच समन्वय नहुँदा उक्त योजना असफल भएको अधिकारीहरू बताउँछन्।

    यसपालि भने नेपालले कतारी चिडियाखानाका लागि दुईवटा छावा उपहार दिन लागेको बुझिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालले भने, “हामीले चितवनको प्रजनन केन्द्रबाट दुईवटा हात्तीका छावा दिने तयारी गरेका छौँ। ती हात्ती जङ्गली होइनन्।”

    “यसबारे हामीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेका छौँ। सायद वन्यजन्तु आदानप्रदानबारे पनि एउटा समझदारी हुन्छ होला।”

    कतारका अमिरको नेपाल भ्रमणले दुई देशबीचको निकटता बढाउने कतिपय विज्ञहरूको बुझाइ छ।

    त्यस्तैमध्येका एक कतारका लागि नेपाली पूर्व राजदूत नारद भारद्वाज भन्छन्, “कतार र नेपालबीच श्रम कूटनीतिका कारण एकदमै निकट सम्बन्ध भएको छ त्यसलाई यसले थप उचाइमा लैजान मद्दत गर्छ।”

    यद्यपि उनी कतारीहरूको प्राथमिकता लगानीमा केन्द्रित रहेको आफूले बुझेको बताए।

    “उनीहरू विकास सहायतामा भन्दा पनि बढी लगानीमा केन्द्रित भएको देखिन्छ। तर नेपालको अस्थिर नीतिका कारण हामीले लगानी गर्न सकेनौँ भन्ने उनीहरूको गुनासो छ।”

    नेपालको जलविद्युत्‌मा कतारी चासो भए पनि यहाँ लगानी गरेको बिजुली निर्यातका लागि भरपर्दो मापदण्ड नभएसम्म त्यो सम्भव नहुने भारद्वाजको भनाइ छ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    यूएई : सडकमा विवादपछि रस अल खैमाहमा तीन महिलाको गोली हानी हत्या, अभियुक्त पक्राउ

    २ हप्ता अगाडि

    यूएईमा प्रथम ‘बुढासुब्बा सेभेन ए साइड’ फुटबल प्रतियोगिता सम्पन्न, नखिल गोर्खा च्याम्पियन

    ३ हप्ता अगाडि

    दुबईमा श्रमिक सचेतना र सुरक्षित आप्रवासन सम्बन्धी ‘बृहत् संवाद कार्यक्रम’ हुँदै

    ३ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    १ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    १ वर्ष अगाडि

    मानव तस्करी ‘गिरोह’का नाइके कोमलराजलाई दुबइमा पक्राउ गरी नेपाल ल्याइयो

    १ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.