Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Friday, April 24
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»विशेष»कतार प्रहरीमा भर्ती र घरेलु कामदारबारे के हुन्छ?
    विशेष

    कतार प्रहरीमा भर्ती र घरेलु कामदारबारे के हुन्छ?

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दोहा । मार्च तेस्रो सातादेखि अप्रिल पहिलो साताभित्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने निस्चित भएको छ । त्यस क्रममा दुई देशबीच “ऐतिहासिक तथा दीर्घकालीन महत्त्वका समझदारीहरू हुने” नेपाली अधिकारीहरूले बताएका छन्।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार कतारी अमिरको भ्रमणका बेलामा कतार प्रहरीमा नेपालीलाई भर्ना लिने बारे पनि छलफल हुने छ।

    मन्त्री भण्डारीले दिएको जानकारी अनुसार कतार प्रहरीमा नेपालीहरूलाई लिनेबारे पनि समझदारी हुनसक्छ। यद्यपि त्यसबार थप गृहकार्य गर्न बाँकी छ।

    कतारले केही वर्षअघि नै नेपालबाट आफ्नो प्रहरीमा भर्नाका लागि सरकार-सरकारबीच सम्झौता अन्तर्गत नेपाली नागरिक लाने प्रस्ताव गरेको थियो।

    तर त्यस बेला नेपाल सरकारले समयमै निर्णय नगर्दा म्यानपावर कम्पनीमार्फत् कतिपय नेपालीहरू कतार प्रहरीमा गइरहेको विवरण आइरहेका छन्।

    त्यसलाई औपचारिक माध्यमबाट लैजाने व्यवस्था मिलाउनेबारे पनि छलफल हुने अधिकारीहरू बताउँछन्।

    त्यस्तै कतारमा श्रम शोषणसहित अन्य खाले शोषण नहुने प्रत्याभूतिका साथमा नेपाली महिला कामदारहरूलाई पनि घरेलु कामदारका रूपमा पठाउनेसम्बन्धी एउटा प्रोटोकलबारे पनि छलफल जारी रहेको मन्त्री भण्डारीले बताए।

    “प्रोटोकल तयार छ यदि उहाँहरू तयार हुनुभयो भने त्यसबारे पनि समझदारी बन्छ,” उनले भने।

    केही वर्षअघि एउटा संसदीय समितिले दिएको निर्देशन अन्तर्गत अधिकांश खाडी मुलुकमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा जान नेपालले प्रतिबन्ध लगाएको छ।

    तर औपचारिक माध्यम बन्द भएपछि भारतलगायत अन्य देशहुँदै नेपाली महिलाहरू घरेलु कामदारका रूपमा खाडी जाने प्रयास गर्दा उनीहरू अप्ठेरोमा परेका खबरहरू आउने गरेका छन्।

    उनले त्यस्ता शोषणको अन्त्य हुने प्रत्याभूतिसहित सहमति जुट्ने आशा व्यक्त गरे।

    कूटनीतिक अधिकारीहरूले बताए अनुसार नेपाल र कतारबीच उक्त भ्रमणका क्रममा नेपाली कूटनीतिक कर्मचारीहरूलाई प्रशिक्षण दिनेसम्बन्धी एउटा समझदारीमा पनि हस्ताक्षर हुनेछ।

    त्यस्तै शिक्षा क्षेत्रमा सहायता गर्नेसम्बन्धी र सूचना तथा सञ्चार क्षेत्रसम्बन्धी समझदारीहरू पनि गर्ने तयारी छ।

    नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतारको त्यस्तै निकायबीच पनि सहकार्य गर्ने समझदारी हुने बताइएको छ।

    युवा र खेलकुद एवं संस्कृति र कलाबारे पनि छुट्टै समझदारीहरू हुनेछन्।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.