Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»उपकुलपतिले आफ्नो टिम बनाउन पाउनुपर्छ : नव नियुक्त प्रा. डा. बराल
    मेन स्टोरी

    उपकुलपतिले आफ्नो टिम बनाउन पाउनुपर्छ : नव नियुक्त प्रा. डा. बराल

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. केशरजंग बरालले रेक्टर र रजिस्ट्रारको टिम आफूले बनाउन पाउनुपर्ने बताएका छन् ।

    त्रिवि कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार प्रा. डा. बराललाई उपकुलपति नियुक्त गरेका थिए । शुक्रबार प्रधानमन्त्री कार्यालयमा पुगेर नियुक्तिपत्र बुझेका प्रा. डा. बरालले रेक्टर र रजिस्ट्रार योग्यता क्षमताका आधारमा नियुक्त हुनुपर्ने बताए । ‘त्रिवि जस्तो ठूलो संस्थामा पोलिटिकल कोअर्डिनेसन र ब्यालेन्स मिलाउन जरुरी छ’ नियुक्तिपत्र बुझेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘तर त्यसो भन्दैमा पार्टीहरुले जसलाई पठायो, त्यसलाई स्वीकार गरेर विश्वविद्यालय चलाउन सकिन्न ।’

    पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेका बरालका अनुसार उनले छनोट समितिले लिएको अन्तरवार्ताका क्रममा पनि भागबण्डा गर्न नहुने मत राखेका थिए ।

    नियुक्तिबारे निर्णय गर्ने क्रममा पनि आफूले प्रधानमन्त्रीलाई मलाई स्वतन्त्रतापूर्वक विश्वविद्यालय चलाउन दिनुहुन्छ कि दिनु हुन्न ? दिनुहुन्छ भने मात्र स्वीकार गर्छु भनेको उनले सुनाए । ‘भागबण्डामा जान हुन्न, भीसीले आफ्नो टिम बनाउन पाउनुपर्छ’ उनले भने, ‘प्रधानमन्त्रीलाई पनि यो कुरा भनेको छु ।’

    प्रधानमन्त्रीले भने हिजो पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति रहेका बेलामा पनि राजनीतिक दबावमा काम नगरेको कारण मन परेको जवाफ दिएको उनले सुनाए ।

    तपाईं आफैं भागबण्डामा आएको भन्ने आरोप छ नि भन्ने प्रश्नमा उनले भने, ‘राजनीतिक रुपमा सक्रिय मान्छे होइन, भाषण गर्ने हिँड्ने मान्छे पनि होइन । आफ्नो आस्था विश्वास हुन्छ, तर एकेडेमिक क्षेत्रमा मेरो त्यस्तो छाप छैन ।’

    उनले शैक्षिक क्यालेण्डर बनाएर लागू गर्ने, परीक्षाको नतिजा समयमा सार्वजनिक गर्ने र बजारको मागअनुसार सिप र ज्ञान दिने पाठ्यक्रम बनाउने योजना सुनाए ।

    त्रिविमा त तालाबन्दी भइरहन्छ, विद्यार्थीदेखि प्राध्यापकहरुको पनि दबाव हुन्छ कि भन्ने प्रश्नमा उनले भने, ‘जति राम्रो भीसी भए पनि एक्लैले विश्वविद्यालय सुधार्न सक्दैन । अहिलेको जुन राजनीतिक वातावरण र टियुको वातावरण छ, यसलाई सुधार्न मेजर पार्टीहरुको सहकार्य नभई केही लाग्दैन ।’

    यसका लागि प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने उपकुलपति प्रा. डा. बरालले बताए । नेताहरुलाई के भन्नुहुन्छ भन्ने प्रश्नमा उनले राजनीतिक हस्तक्षेपले विश्वविद्यालय नबन्ने र त्रिवि नबन्दासम्म नेपालको उच्च शिक्षामा सुधार नहुने बताए ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.