Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»धर्म संस्कृति»युएईको आबुधावीमा निर्मित हिन्दु मन्दिरको भारतीय प्रधानमन्त्री मोदी द्वारा उद्घाटन
    धर्म संस्कृति

    युएईको आबुधावीमा निर्मित हिन्दु मन्दिरको भारतीय प्रधानमन्त्री मोदी द्वारा उद्घाटन

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे२ वर्ष अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधावी । संयुक्त अरब ईमिरेट्स (युएई)को आबुधावीमा मध्यपुर्वकै पहिलो एवम् दक्षिण एसिया बाहिरको सबैभन्दा ठूलो हिन्दु मन्दिरको (बिएपिएस) उद्घाटन गरिएको छ ।


    युएईको राजधानी अबुधाबीमा निर्मित भव्य हिन्दु मन्दिरको आज बसन्त पञ्चमी, सरस्वती पूजाको शुभ साइत पारेर भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले उद्घाटन गरेका हुन ।

    २० अप्रिल २०१९ मा शिलन्यास गरिएको सो स्वामी नारायणको मन्दिर २७ एकड जमिनमा फैलिएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि सन २०१५ मा युएई भ्रमणमा आएकोबेला युएईले हिन्दु मन्दिर निर्माण गर्न जग्गा दिने घोषणा गरेको थियो। अबुधाबीको मुख्य शहरबाट झन्डै ५० किलोमीटरको दुरिमा रहेको मन्दिरको निर्माण बाप्स स्वामिनारायण संस्थाले गरेको हो।

    यो मन्दिरको उचाई १०८ फिट, लम्बाई २६२ फिट र चौडाई १८० फिट रहेको छ भने युएईका ७ राज्यको प्रतिक स्वरुप ७ शिखर र ४१० स्तम्भ रहेको पिरामिड शैलिको निर्माण गरिएको छ । ईस्लामिक देशमा हिन्दु संस्कृतिप्रतिको सहिष्णुता र सम्मानको प्रतिकको रूपमा निर्माण गरिएको यस मन्दिरको संरचना १३.५ एकडमा निर्माण गरिएको छ । त्यस्तै १३.५ एकड जमिनमा बगैचा, पार्किङ सहित अन्य संरचना निर्माण गरिएको छ।

    मन्दिरको बाहिरी तहमा ‘पिंक राजस्थान मार्वल’ प्रयोग गरिएको छ भने भित्री तहमा ‘ईटालियन व्हाईट मार्वल’ को प्रयोग गरिएको छ।

    फलाम, आल्मुनियम लगायतका धातुहरुको प्रयोग नगरी निर्माण गरिएको मन्दिरमा भारतिय शिल्पकारहरुले निर्माण गरेका विभिन्न स्वरुप र आकृतिका कलाहरु देख्न पाईन्छ। ४ वर्षमा निर्माण पूरा गरिएको मन्दिर निर्माणमा ४ सय मिलियन दिराम खर्च भएको उल्लेख छ ।

    मन्दिर परिसर भित्र हिन्दु धर्मावलम्बीका विभिन्न संस्कारहरु सञ्चालन गर्न छुट्टै हलको समेत निर्माण गरिएको छ। जहाँ जन्मदेखि मृत्युसम्मका सम्पुर्ण हिन्दु संस्कारहरु गर्न सकिनेछ। स्वामिनारायण संस्थाका महन्थले सन् १९९५ मै युएईमा हिन्दु मन्दिर निर्माण गर्ने परिकल्पना सहित १९९७ मा मन्दिरको खाका सार्वजनिक गरिएको थियो ।

    सोही मन्दिरको आज सरस्वती पूजाको दिन पारेर भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको विशेष उपस्थितिमा उद्घाटन गरिएको हो । भारतीय प्रधानमन्त्री मोदीको यो सातौ पटकको युएई भ्रमण हो ।दुबईमा जारी वल्ड गभरमेण्ट सम्मिटमामा समेत सहभागी हुन युएई आएका प्रधानमन्त्री मोदीले आज स्थानीय समय अनुसार बेलुका ६ बजे मन्दिरको उद्घाटन गरेका हुन । मन्दिरको आज भब्यपूजा आजा सहित उद्घाटन गरिए पनि १८ फेब्रुअरी देखि सर्वसाधारणका लागि आंशिक रूपमा खुला गरिने छ । आगामी मार्च १ देखि भने सबैका लागी मन्दिर खुल्ला गरिने बताईएको छ।

    मन्दिर उद्घाटन समारोहमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी दुई दिन पहिलेनै युएई आएका थिए भने संसारभरबाट हिन्दु धर्म गुरुहरु भेला भएका छन् । धर्मगुरु स्वामिनारायण लगायत सन्त गुरुजनहरु आबुधावी आएका छन । भारतीय प्रधानमन्त्री मोदी मन्दिरको उद्घाटन कार्यक्रम सहित युएई भ्रमण पुरा गरी आजनै कतार प्रस्थान गरेको युएईबाट प्रकाशन हुने स्थानीय संचार माध्यमहरुले समाचार लेखेको हालखबर अन्लाईनले समाचार प्रकाशन गरेको छ ।

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.