हालखबर अनलाइन । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले माघ २२ गते अपराह्न ४ बजे संसद् अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन् ।
राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
यसअघि माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो।
त्यसकै आधारमा राष्ट्रपतिबाट आह्वान भए अनुसार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा माघ २२ गते अपराह्न ४ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ।
Facebook Comments Box
