युएई – नेपाल र युएईबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४७ बर्ष पुरा भएको छ । कुटनीतिक सम्बन्धमा नेपाल र युएईले ४७ बर्ष सोमबार पुरा गरेका हुन ।
२२ जनवरि १९७७ मा सुरु भएको कुटनीतिक सम्बन्धलाई नेपालले युएईमा सन २००४ को अप्रिल ११ मा नेपाली दुतावास स्थापना गरेर थप बलियो बनाएको थियो । सुरुमा कार्यबाहक राजदुतको रुपमा जिम्मेवारी सम्हाल्दै सन २००७ को डिसेम्बर २१ बाट युएईमा पूर्ण राजदुतले जिम्मेवारि सुरु गरेका थिए ।
युएईका लागि तीन राजदुतले आफ्नो कार्यकाल पुरा गरिसकेका छन । पहिलो राजदुतको रुपमा अर्जुन बहादुर थापा , दोस्रोमा धनन्जय झा र तेस्रोमा कृष्णप्रसाद ढकालले राजदुतको जिम्मेवारी पुरा गरेका हुन । त्यस्तै मधुवन पौडेल, मोहनकृष्ण श्रेष्ठ, दिपक अधीकारी, नेत्रबहादुर टन्डन, सागर प्रसाद फुंयाल र केही समय बिशाल भट्टराइले कार्यबाहकको रुपमा नेत्रित्व गरेका थिए । भट्टराई हाल उप नीयोग प्रमुखकै रुपमा युएईमै छन ।
तेस्रो राजदुतको रुपमा राजदुत ढकाल नेपाल फर्किएपछि अहिले तेजबहादुर क्षेत्रीले युएईका लागि चौथो राजदुतको रुपमा दुतावासको नेत्रित्व गरिरहेका छन ।
युएईले पनि सन २०१६ को १० मे मा काठमाण्डौमा दुतावास स्थापना गरेर काम सुरु गरेको छ । युएईको तर्फबाट अहिले दोस्रो राजदुतको रुपमा
नेपालका लागि संयुक्त अरब इमिरेट्स युएईका राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अलसामीले नेत्रित्व गरिरहेका छन ।
युएईमा नेपालीको सख्या बढे सँगै युएईको दुबईमा कन्सुलेट कार्यालय स्थापना गरेर सेवा प्रदान गर्न यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन ।
दुई देशबिचको कुटनीतिक सम्बन्ध थप बलियो बनाउन पछील्ला समय दुई देशका उच्च अधिकारीहरुले नीयमित रुपमा भ्रमण गर्दै आइरहेका छन ।
नेपालका लागि भारत र चिनपछि युएई तेस्रो ठुलो ब्यवसायिक साझेदार मुलुक पनि हो । युएईबाट वार्षिक ५ दशमलब १ प्रतिशत सामान नेपाल आयात गरिने र नेपालबाट जम्मा सुन्य दशमल ४ प्रतिशत मात्रै सामान युएईमा नीर्यात हुने गरेको छ ।
खासगरी युएईबाट नेपालमा लगिने बस्तु र युएईमा आउने नेपाली बस्तुको सख्यातमक हिसाबको अन्तर र ब्यापार घाटाबारे आर्थिक कुटनीतीमा बहस हुन नसकेको सरोकारवालाको भनाइ छ ।
