Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»चितवनमा बाेराभित्र भेटिएका शवकाे पहिचान खुल्याे
    मेन स्टोरी

    चितवनमा बाेराभित्र भेटिएका शवकाे पहिचान खुल्याे

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डाै – चितवनमा बोराभित्र भेटिएका शवको पहिचान खुलेको छ । गएको मङ्सिर ६ गते भरतपुर महानगरपालिका–१२ मिलन चोकको सडक कल्भर्टमुनि दुई वटा जुटको बोराभित्र पुरुष र महिलाको शव हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । त्यो शव ऋषभकुमार कुशवाहा र सन्जु देवीको रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । मृतक दुवै जना भारतीय हुन् ।

    मृतक पुरुष ऋषभकुमार कुशवाहा र मृतक महिला सन्जु देवी नेपालमा तरकारी, फलफूल व्यापारका लागि पटक पटक आउने गरेका थिए ।

    उनीहरू अन्तिम पटक गएको दशैँपछि नेपाल आई चितवनको मिलन चोकमा रहेको ऋषभकुमारको काका नाता पर्नेको कोठा नजिकै कोठा भाडा लिई बस्दै आएका प्रहरीले जनाएको छ ।

    ऋषभकुमार र सन्जुको बीचमा सम्बन्ध रहेको शङ्का गरी सन्जुका श्रीमान् भारतीय अखिलेश भगतले झगडा गर्दै आएका थिए । यही क्रममा गएको मङ्सिर २ गते अलिखेशले कोठामै पुगेर दुवै जनाको हत्या गरेर मङ्सिर १६ गते भारततर्फ भागेका थिए ।

    त्यसपछि सीआईबीले भारतीय प्रहरीसँग समन्वय गरी खोजी शुरु गरेको थियो । खोजीकै क्रममा अखिलेशमाथि भारतको प्रहरी थाना सुगौली बिहारमा अपहरण तथा व्यक्ति बेपत्तासम्बन्धी एफआईआर दर्ता भई अनुसन्धानका लागि केन्द्रीय कारागार मोतीहारीमा राखिएको अवस्थामा भेटिएको सीआईबीले जनाएको छ ।

    प्रहरीका अनुसार साेधपुछकै क्रममा उनले भतिजा नाता पर्ने ऋषभकुमार कुशवाहा र श्रीमती सन्जु देवीकाे हत्या गरेर भारत आएकाे भन्ने स्वीकार गरेका थिए । अखिलेशले हत्यापछि दुई वटै शवलाई दुई वटा जुटको बोराभित्र राखेर भोलिपल्ट बिहान कल्भर्टतर्फ लगेको सीसीटीभी फुटेजमा पनि देखिएको थियो । लामो समयसम्म पनि पहिचान नखुलेपछि प्रहरीले मृतकको स्केच बनाएर सार्वजनिक गरेको थियो ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.