आबुधावी । संयुक्त अरब एमिरेट्स युएईको फुजेराह राज्यमा घुम्ती शिविर गरिने भएको छ । एनआरएन(नेपाल एसोसिएसन)युएईले नेपाली दुतावास आबुधावीसँगको सहकार्यमा ई-राहदानी नविकरणका लागि घुम्ती सेवा गर्ने भएको हो ।
बिभिन्न कारणले समयमै राहदानी बनाउन नपाएका श्रमिकको सहजताका लागि दुतावाससँगको सहकार्यमा ‘पास्पोर्ट बुट’ क्याम्प मार्फत यो सेवा दिन लागेको हो ।
एनआरएन युएईले फुजेराहको भी होटलमा १४ जनवरी आइतबारका दिन घुम्ती सेवा सँगै उपस्थितमाझ सचेतना कार्यक्रम समेत गर्न लागेको अध्यक्ष विकास शाहीले बताए ।
फुजेराह यूएईको आबुधावीमा रहेको नेपाली दुतावासबाट झन्डै ३ सय किलोमिटर टाढा उत्तर पूर्वी क्षेत्रमा पर्छ । सो क्षेत्रमा कामगर्ने श्रमिकलाई दुतावास आउन र सेवा लीन असहज हुने भएकाले युएईको पररास्ट्र मन्त्रालय तथा सम्बन्धित निकाय सँगको सहकार्यमा एनआरएन युएईको सहयोगमा घुम्ती टोली मार्फत सेवा प्रदान गर्न लागेको नेपाली दुतावास आबुधावीका सूचना अधिकारी तथा द्वितिय सचिव तिल बहादुर सुनारले जानकारी दिए।
घुम्ती सेवामा राजस्व बाहेक अन्य शुल्क नलीई सेवा प्रदान गर्ने एनआरएन(नेपाल एसोसिएसन) युएईका कोषाध्यक्ष सुमन पराजुली जानकारी दिए ।
घुम्ती सेवामा आउंदा अघिल्लो दिननै फारम भरेर आबश्यक कागजात सहित सक्कल पास्पोर्ट लिएर उपस्थित हुन अनुरोध गरिएको छ ।
अग्रिम फारम भर्न सम्पर्क तथा जानकारीका लागि :
