मानव तस्करी हुन लागेको आशङ्कामा फ्रान्सको एउटा विमानस्थलमा केही दिन रोकिएको एउटा विमान भारतको मुम्बई फर्किएको छ । बिवरणहरुमा जनाईए अनुसार बिहीवार दुबइबाट निकारागुआ जादै गरेको उक्त विमानमा सवार ३ सय ३ जना भारतीय यात्री हरुको अन्तिम गन्तब्य अमेरिका थियो ।
रोमानियाको लेजेन्ड एयरलाइन्स द्वारा सन्चालित विमान इन्धन भर्नका लागि पुर्वत्तर फ्रान्सको श्यालोङ-भ्याट्री विमान्स्थलमा अवतरण गरेको थियो । मानव तस्करी हुन लागेको गोप्य सूचनाका आधारमा फ्रान्सका अधिकारिहरुले विमान नीयन्त्रणमा लिएका थिए ।
फ्रेन्स अभियोजन कर्ताहरुले विमानका यात्रीहरु सँग दुई दिन लगाएर सोधपुछ गरे । विमानमा सवारमा दुई जनालाई फ्रान्सको नीयन्त्रणमा राखिएको थियो । तर अदालतको आदेशपछि उनीहरू रिहा भएका छन् । दुई नाबालिगसहित २५ जना शरणका लागि आवेदन दिएर फ्रान्समै बसेका छन् ।
उक्त विमानमा भएका अधिकांश मानिसहरू यूएईमा कार्यरत भारतीय नागरिक भएको ठानिएको छ। तीमध्ये एकतिहाइ भारतको गुजरात राज्यका बासिन्दा हुन्।
सोमवार राति प्यारिस स्थित भारतीय दूतावासले भारतीय यात्रुहरूलाई घर फर्किन मिल्ने गरी समाधान खोजिदिएकोमा फ्रान्स सरकार र भ्याट्री विमानस्थललाई धन्यवाद दिएको छ।
भारतको विदेश मामिला मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले दूतावासको पोस्टलाई सामाजिक सञ्जाल एक्समा रिपोस्ट गरेका छन्। यसबारे भारत सरकारको तर्फबाट थप आधिकारिक धारणा अझै आइसकेको छैन। – बीबीसी
