आबुधाबी । संयुक्त अरब एमीरेट्स युएईको आबुधावीमा बन्धक भनिएकी महिलाको उद्दार भएको छ । अबैधरुपमा घरेलु महिला कामदारको रुपमा काम गराउन युएई ल्याईएकी महिलाको उद्दार गरिएको हो ।
हेटौंडा ९ कि ३५ बर्षिय ललिता चेपाङलाई ४ महिना पहिले युएई ल्याइ भाषाको समस्या देखाएर काममा नलगाइ बन्धक जस्तो बनाई राखिएको जानकारी पाएपछी उद्दार गरिएको हो । उनलाई मंगलबार बिहान सारजाह बाट एयर अरबीयाको उडान मार्फत उद्दार गरी नेपाल फर्काइएको हो ।
एक महिना पहिलेनै नेपाल फिर्ता पठाउने भन्दै दुबई विमानस्थल सम्म लगिए पनि ओभरस्टे बापत जरिवाना तिर्न नसक्दा उनी नेपाल फर्किन सकेकी थिईनन ।

कानुनी रुपमा कागजी प्रकृया मिलाउन समय लागेको अवस्थामा कम्पनीको महिला शेल्टर हाउसमा राखिएकी उनलाई बन्धक बनाएकी भन्दै परिवारले बिभिन्न संचारमाध्यममा खबर सार्वजनिक गरेका थिए ।
चेपाङको उद्दारका लागि युएईमा रहेका संचारकर्मी उमाकान्त पाण्डेले पीडित महिला,उनका श्रीमान, तथा स्थानीय प्रशाशन सँग समन्वयब गरी उनलाई युएई पठाउने एजेन्ट प्रेम महतोलाईनै हवाइ टिकट बनाउन लगाइ युएईमा रहेको कम्पनी मार्फत जरिवाना शुल्क एवम कानुनी प्रकृया पुरा गराइ मंगलबार बिहान नेपाल फिर्ता पठाएका हुन ।

पीडित परिवारले बन्धक भनेपनि ललिताको ओभरस्टे भएकाले बाहिर हिडडुल गर्दा समस्या हुने भएकाले कम्पनीकै महिला शेल्टरमा राखेको भन्दै ललितालाई बन्धक नबनाएको आबुधाविमा रहेको कम्पनीले जनाएको छ ।
ललितालाई नेपाल पठाउन संचारकर्मी पाण्डे सहित, एनआरएन युएईका कोषाध्यक्ष सुमन पराजुली र मकवानपुर फाउन्डेसन युएईका अध्यक्ष सोनिल पराजुलीले समन्वयब गरेको ललिताका श्रीमान शुवास प्रजाले बताए ।