आबुधावी । नेकपा एमालेको प्रवासी नेपाली युवा मन्च युएईले भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आइतबार भर्चुअल रुपमा भएको प्रशिक्षण कार्यक्रममा बिभिन्न देशमा रहेका पार्टी नीकट युवाहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यता तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे,उपाध्यक्ष रमेश तिवारीको बिशेष आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रवासमा रहेका युवाहरुलाई प्रशिक्षण दिदै नेपालमा विज्ञ युवा परिषद मार्फत मिसन नेक्स्ट इलेक्सन अभियान सन्चालन गर्न लागेको युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले उल्लेख गरे ।

पछील्लो समय जनताका आवाज कम हुन लागेपछि युवा संघले बिभिन्न अभियान सुरु गरेको बताउदै अध्यक्ष थेवेले प्रवासी नेपाली युवा मन्च युएईले गरेको योगदानको प्रशंशा समेत गरे ।
प्रवासी नेपाली युवा मन्च युएईका इन्चार्ज नारायण केसीले स्वागत मन्तव्य राख्दै पार्टीमा युवाहरु माथि हस्तक्षेप नगर्न र बिभिन्न देशमा युवामन्च गठन गर्न आग्रह गरेका थिए । उनको आग्रहमा एक्यवद्दता ब्यक्त गर्दै बिशेष अतिथी प्रवासी नेपाली युवा मन्च युएईका सस्थापक अध्यक्ष तथा हालका सरंक्षक महेश गिरीले बिदेशमा युवा मन्च गठन गर्ने तयारी भईरहेको उल्लेख गरे ।
कार्यक्रममा प्रवासी मन्च युएईका अध्यक्ष टक गुरुङ, मध्यपुर्वका इन्चार्ज कमलमणी गुरागाइ, अन्तराष्ट्रिय कमिटिका सञ्जय थापा, लगायतले बोलेका थिए । प्रवासी नेपाली युवा मन्चका कार्यबहाक सचिव रमेश खड्काको सन्चालनमा भएको कार्यक्रमको सभापतित्व प्रेम बहादुर अधिकारीले गरेका थिए ।